Trending
Prev Story
Next Story

अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

Nagarik News •
November 09, 2026 • 12:08 PM
1
1 reads 0 reactions

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब ३ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।

पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।

उनका अनुसार पहिरो खसेलगत्तै वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम सापकोटाको नेतृत्वमा २० जनाको प्रहरी टोली डोजरसहित घटनास्थलमा परिचालन भएको छ।

‘पहिरो खुलाउने प्रयास सुरु भइसकेको छ, सम्भवतः साँझसम्ममा अवरुद्ध बाटो खुल्नेछ,’ प्रहरी निरीक्षक रिजालले भने। बाटो बन्द भएपछि पोखरा र बागलुङतर्फ जाने सवारीसाधनहरू बाटोमै रोकिएका छन्।

प्रकाशित: २३ कार्तिक २०८३ १७:५३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#पहिरो #अवरुद्ध
Compare →
Ekantipur
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#पहिरो #अवरुद्ध
Compare →
Onlinekhabar
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#पहिरो #अवरुद्ध #सुक्खा
Compare →
Hamro Patro News
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा यात्रु समस्यामा

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा यात्रु समस्यामा

गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौक...

#पहिरो #अवरुद्ध #सुक्खा
Compare →

Related Stories

National (Nepal)
Build #2611