Trending
Prev Story
Next Story

बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी

Bizshala •
November 02, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाडौं। बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले...

बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी

काठमाडौं। बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण अवरुद्ध रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीका अनुसार बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको रोशी गाउँपालिकाका पिनथली र गिम्दिबेसीमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गको बेनीघाट रोराङ–९ भालुवाटारमा भने पुल निर्माण तथा सडक स्तरोन्नतिका कारण सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ।

गण्डकी प्रदेशको गोरखास्थित आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतिदेखि मान्बु जाने पुल बाढीले क्षति पुर्‍याएपछि असोज २५ गतेदेखि बन्द छ।

यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकको नरपानी र कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्गको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #प्रभावित
Compare →
Nagarik News
1d ago
घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

#एकतर्फी
Compare →
Hamro Patro News
2d ago
स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

म्याड्रिड : आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । देशका प्रमुख सह...

#प्रभावित
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#राजमार्ग
Compare →

Related Stories

National (Nepal)
Build #2611