Trending
Prev Story
Next Story

प्रधानमन्त्रीले भने– एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन हुन्छ

Bizshala •
November 02, 2026 • 05:04 AM
1
1 reads 0 reactions

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा...

प्रधानमन्त्रीले भने– एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन हुन्छ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संविधान र कानुनले दिएको अधिकारअनुसार स्थानीय तहबाटै भूमि प्रशासन सेवा प्रवाह गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।

प्रधानमन्त्रीका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइसकेको छ। बाँकी स्थानीय तहमा पनि एक महिनाभित्र सेवा सुरु गर्ने निर्णय भएको छ।

संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को व्यवस्थाअनुसार सेवा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेका छन्।

यसका लागि आवश्यक सहयोग उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको जनाउँदै शाहले यसबाट स्थानीय तहले आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ?

भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ?

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ...

#बालेन-शाह #प्रधानमन्त्रीले
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#बालेन-शाह #प्रधानमन्त्रीले
Compare →

Related Stories

Politics & Governance
Build #2611