Trending
Prev Story
Next Story

कञ्चनजङ्घा भ्रमणमा गएका चिनियाँ पर्यटक र नेपाली गाइड एसएसबीद्वारा पक्राउ

Ekantipur •
October 29, 2026 • 10:32 AM
1
1 reads 0 reactions

नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिक युहास लिउ र नेपाली गाइड दिनेश पुरीलाई बिहीबार बिहान करिब ५ बजेतिर भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका हुन् ।

कञ्चनजङ्घा भ्रमणमा गएका चिनियाँ पर्यटक र नेपाली गाइड एसएसबीद्वारा पक्राउ

नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिक युहास लिउ र नेपाली गाइड दिनेश पुरीलाई बिहीबार बिहान करिब ५ बजेतिर भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका हुन् ।

विराटनगर — नेपाल–भारत सीमा क्षेत्र हुँदै कञ्चनजङ्घा हिमालको दृश्यावलोकनमा गर्न जाने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रतिनिधिले एक चिनियाँ पर्यटक र नेपाली गाइडलाई पक्राउ गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिक युहास लिउ (३१) र नेपाली गाइड दिनेश पुरीलाई बिहीबार बिहान करिब ५ बजेतिर पाँचथरको फालेलुङ गाउँपालिका–४, चाररातेस्थित फालेलुङ कम्युनिटी होमस्टेबाट निस्किएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

फालेलुङ कम्युनिटी होमस्टेका अनुसार पर्यटक लिउ र गाइड पुरी कञ्चनजङ्घा हिमालको बिहानीको दृश्यावलोकन गर्न तथा नेपाल–भारत सीमा क्षेत्र घुम्न जाने क्रममा भारतीय भूमितर्फ प्रवेश गरेपछि एसएसबीले उनीहरूको पासपोर्ट जाँच गरेको थियो । चिनियाँ नागरिकको पासपोर्टमा भारतीय भिसा नभेटिएपछि दुवैलाई नियन्त्रणमा जनाइएको छ ।

गाइड पुरी लिउको झोला र अन्य सामान लिएर होमस्टेबाट निस्किएका थिए । फालेलुङ कम्युनिटी होमस्टेका सञ्चालक डिल्ली केरुङले घटनाबारे पर्यटक प्रहरी शाखा, काँकडभिट्टालाई टेलिफोनमार्फत जानकारी गराएका छन् ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कुमार कर्णले घटनाबारे भारतीय सुरक्षा निकायको थप विवरण र पक्राउ परेका दुवै जनाको पछिल्लो अवस्थाबारे भने स्पष्ट हुन बाँकी रहेको बताए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
रास्वपा सांसदलाई प्रधानमन्त्री बालेनको निर्देशन : चीन भ्रमण पर्यटकीय घुमघाममा मात्र सीमित नबनाउनू

रास्वपा सांसदलाई प्रधानमन्त्री बालेनको निर्देशन : चीन भ्रमण पर्यटकीय घुमघाममा मात्र सीमित नबनाउनू

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ...

#भ्रमण #पर्यटक
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भ्रमण #पर्यटक
Compare →
Nagarik News
6h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#भ्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2611