Trending
Prev Story
Next Story

साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख

Ekantipur •
October 29, 2026 • 10:32 AM
1
1 reads 0 reactions

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा विश्व व्यापार संगठनकी महानिर्देशक एन्गोजी ओकोन्जो इवेलाले बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताइन् ।

साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा विश्व व्यापार संगठनकी महानिर्देशक एन्गोजी ओकोन्जो इवेलाले बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताइन् ।

जेनेभा — बहुपक्षीय व्यापार प्रणाली र यसका नियम प्रभावकारी रुपमा कार्यान्वयन गर्न साना तथा विकासशिल मुलुक चनाखो हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । ठूला तथा विकसित राष्ट्रको प्रभुत्व बढी हुने भएकाले बहुपक्षीय व्यापार प्रणालीलाई थप प्रभावकारी बनाउन साना मुलुकको भुमिका निकै महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।

पछिल्ला वर्षहरुमा शक्तिका आधारमा व्यापारिक सम्बन्ध सञ्चालन गर्ने प्रवृत्ति बढिरहेका बेला साना अर्थतन्त्रले सामना गर्नुपरेका चुनौतीबारे गत मंगलबार जेनेभामा पत्रकारहरूसँगको अन्तरक्रियामा विश्व व्यापार संगठन (डब्लूटीओ) की महानिर्देशक एन्गोजी ओकोन्जो–इवेलाले विश्व व्यापार प्रणालीका नियम र प्रभावकारी रुपमा लागू गर्न साना मुलुकले निरन्तर आवाज उठाउनुपर्ने बताइन ।

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित उक्त अन्तरक्रिया सन् २०२६ को सहायता तथा व्यापारसम्बन्धी विश्व समीक्षा सप्ताहका अवसरमा भएको थियो । कार्यक्रममा विकासशील मुलुकका पत्रकार सहभागी उक्त अन्तरक्रियामा महानिर्देशक इवेलाले आर्थिक तथा राजनीतिक प्रभाव सीमित भएका मुलुकले विश्व व्यापार प्रणाली शक्तिशाली राष्ट्रहरूको प्रभुत्वमा पुगेमा सबैभन्दा बढी क्षति बेहोर्नुपर्ने अवस्था आउने बताइन् ।

इवेलाले साना मुलुक डब्लूटीओका निष्क्रिय सहभागीका रूपमा सीमित हुन नहुने पनि भनाइ राखिन् । संगठन र यसका नियम सुधार गर्ने प्रयासमा उनीहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । ‘बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्छ,’ उनले भनिन् ।

‘साना मुलुकलाई बहुपक्षीय दृष्टिकोण आवश्यक छ,’ उनले भनिन् । संगठनका एक प्रमुख सदस्यको अनुपस्थितिका बाबजुद अधिकांश मुलुकले डब्लूटीओ प्रणालीभित्र रहेर काम गरिरहेको पनि उनले जनाइन ।

‘नेपालका लागि नियममा आधारित व्यापार प्रणाली कायम रहनु विशेष महत्वपूर्ण छ । नेपालको व्यापार मुख्यतः छिमेकी भारतसँग केन्द्रित छ, अमेरिकासँग होइन । नेपालका दुई प्रमुख व्यापारिक साझेदार भारत र चीन दुवै बहुपक्षीय प्रणालीभित्र रहेर काम गरिरहेका छन्,’ उनले भनिन् । त्यसैले नेपालले आफ्ना छिमेकी मुलुकलाई मूल्य शृंखलाका केही हिस्सा नेपालमा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । यसबाट स्वदेशी उत्पादनका अवसर बढ्नुका साथै क्षेत्रीय तथा विश्व व्यापारमा नेपालको सहभागिता विस्तार गर्न सकिने उनको तर्क छ ।

इवेलाले साना मुलुक डब्लूटीओका निष्क्रिय सहभागीका रूपमा सीमित हुन नहुने पनि बताइन् । संगठन र यसका नियम सुधार गर्ने प्रयासमा उनीहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । ‘बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्छ,’ उनले भनिन् ।

विद्यमान व्यापार प्रणाली अपेक्षाअनुसार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वीकार गर्दै उनले साना तथा गरिब अर्थतन्त्रले व्यापारका नियमलाई आफ्ना हितप्रति बढी उत्तरदायी बनाउन आवश्यक सुधार पहिचान गर्नुपर्ने बताइन् ।

इवेलाको भनाइले नेपालजस्ता सीमित प्रभाव भएका मुलुकका लागि सामूहिक नियम र संस्थागत संयन्त्रको महत्व उजागर गरेको छ । ठूला अर्थतन्त्रसँग व्यापारिक सम्झौता गर्दा साना मुलुकको प्रतिस्पर्धी क्षमता कम हुने भएकाले नियममा आधारित व्यापार प्रणाली उनीहरुका लागि महत्वपूर्ण रहेको बताइएको छ ।

यसैबीच, डब्लूटीओ र आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले संयुक्त रूपमा तयार पारेको ‘सहायता तथा व्यापार प्रतिवेदन’ सार्वजनिक गर्ने क्रममा अधिकारीहरूले केही सफलताका उदाहरण देखिए पनि विकासशील अर्थतन्त्रको निर्यातको गुणस्तर र संरचनामा पर्याप्त सुधार हुन नसकेको बताए ।

डब्लूटीओका उपमहानिर्देशक सियाङचेन झाङले विकासशील अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो भूमिका विस्तार गर्न र बहुपक्षीय व्यापार प्रणालीमा प्रभावकारी रूपमा सहभागी हुन थप सहयोग आवश्यक रहेको बताए ।

व्यापार नीति तथा नियमनका क्षेत्रमा दिइने सहयोगले कुल व्यापार सहायताको करिब ३ प्रतिशत हिस्सा ओगट्ने झाङले जानकारी दिए । यस्तो सहयोगले विकासशील अर्थतन्त्रलाई संस्थागत क्षमता सुदृढ गर्न, प्राविधिक दक्षता विकास गर्न र डब्लूटीओभित्र वार्ता गर्ने क्षमता बढाउन मद्दत पुग्ने उनले बताए । विकास साझेदार समुदाय र डब्लूटीओका सदस्य राष्ट्रले अल्पविकसित मुलुकसहित विकासशील अर्थतन्त्रको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्दै आएका छन् । व्यापार वार्तामा विकासशील मुलुकहरूको बढ्दो सहभागितामा यसको परिणाम देखिएको झाङको भनाइ थियो ।

साना व्यवसायलाई निर्यात बजारका नियामकीय प्रावधान बुझ्न सघाउने विभिन्न उपकरण डब्लूटीओले विकास गरेको पनि उनले जानकारी दिए । तीमध्ये ‘ईपिङ’ प्लेटफर्ममार्फत वस्तुसम्बन्धी नियम र व्यापारिक आवश्यकताबारे जानकारी उपलब्ध गराउने बताइएको छ ।

यस प्लेटफर्मबाट व्यवसायी तथा अन्य प्रयोगकर्ताले आफ्ना उत्पादनका लागि विदेशी बजारमा लागू हुने नियमबारे जानकारी लिन सक्छन् । विदेशी बजारमा प्रवेश गर्नुअघि आवश्यक नियामकीय प्रावधान पहिचान गर्न यसले सहयोग पुर्‍याउने झाङले बताए ।

अफ्रिकालगायत विकासशील मुलुकको भ्रमणका क्रममा केही साना व्यवसायले यस्तो प्लेटफर्म उपयोग गरिरहेको आफूले पाएको झाङको भनाइ छ । साना उद्यमलाई अन्तर्राष्ट्रिय व्यापारमा सहभागी हुन सघाउने अन्य उपकरण पनि डब्लूटीओसाग रहेको उनले जानकारी दिए ।

नेपालका लागि यस्ता स्रोतसाधनबारे जानकारी बढाउनु र तिनको उपयोग गर्नु विदेशी बजारका नियामकीय प्रावधान बुझ्न तथा परम्परागत व्यापारिक साझेदारभन्दा बाहिर निर्यात विस्तारका अवसर खोज्न उपयोगी हुन सक्ने जानकारहरुको तर्क छ ।

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने

साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने

काठमाडौँ – युरोपका विभिन्न देशमा साइबर आक्रमणका घटना बढ्दै गएपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणाली सुदृढ बनाउने निर्णय गरेको छ । सम्भावित साइबर आक्रमणबाट सरकारी सेवा, महत्त्वपूर्ण पूर्वाधार र नि...

#प्रणाली #रक्षा
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#प्रणाली #गर्नुपर्छ
Compare →
Nagarik News
12h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली
Compare →
Bizshala
14h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली
Compare →
Arthasansar
15h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

World News
Build #2611