Trending
Prev Story
Next Story

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

Ekantipur •
October 29, 2026 • 10:32 AM
1
1 reads 0 reactions

विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न माग

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न माग

गाजा — इजरायली सेनाले गाजाको ७० प्रतिशतभन्दा बढी भूभाग नियन्त्रणमा लिदाँ प्यालेस्टिनीहरुलाई बसोबासमा समस्या भएको छ ।

नव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ ।

केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको छ । साथै, गोलाबारी गर्ने, गोली चलाउने र भवन तथा संरचना भत्काउने कार्यले प्यालेस्टिनीहरूलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाइरहेको छ ।

गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । केन्द्रका अनुसार ध्वस्त भएका क्षेत्र र आधारभूत सेवाको अभावलाई समेत विचार गर्दा आवास तथा आश्रयका लागि उपलब्ध जमिन निकै सीमित भएको छ ।

पटक-पटकको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएको प्रतिबन्धले नागरिकको कठिनाइ बढाएको तथा उनीहरूलाई सुरक्षित रूपमा घर फर्कन अवरोध पुगेको केन्द्रले जनाएको छ ।

केन्द्रले यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घनसम्बन्धी चिन्ता उत्पन्न गरेको बताएको छ । उक्त धाराले सीमित परिस्थितिबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती स्थानान्तरण गर्न निषेध गर्छ ।

केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई इजरायली सेनाले आफ्नो नियन्त्रणमा लिएको क्षेत्र थप विस्तार गर्न रोक्न, नागरिकको सुरक्षा गर्न र गाजाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

साथै, विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पनि उसले आह्वान गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

काठमाडौं - दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा बिहीबार बिहान इजरायली सेनाले गरेको आक्रमणमा एक चिकित्सकसहित ६ जनाको ज्यान गएको छ। आक्रमणमा परी बिरामी र कुरुवासहित कम्तीमा २७ जना ...

#गाजा #इजरायली
Compare →
Nagarik News
1d ago
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#गाजा #इजरायली
Compare →
Onlinekhabar
4d ago
नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो 'गाजा शान्ति योजना' कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि …

#गाजा #इजरायली
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#भूभाग
Compare →

Related Stories

World News
Build #2612