राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग सार्वजनिक अभिव्यक्तिबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
प्रदेश समितिले यादवलाई पठाएको पत्रमा पार्टीका विभिन्न कार्यक्रममा उनले व्यक्त गरेका भनाइ समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र त्यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले २०८३ कात्तिक ९ गते प्रेस विज्ञप्ति जारी गरेको उल्लेख छ । उक्त घटनाबारे यादवको भनाइ र वास्तविकता स्पष्ट गर्न प्रदेश समितिले पाँच वटा प्रश्नमा बुँदागत जवाफ मागेको छ ।
Read full story at source ( barnanmedia.com )