Trending
Prev Story
Next Story

२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा धनुषाका २८ वर्षीय युवा पक्राउ

Bizshala •
October 29, 2026 • 12:34 PM
1
1 reads 0 reactions

काठमाण्डौ । अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ...

२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा धनुषाका २८ वर्षीय युवा पक्राउ

काठमाण्डौ । अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार यादवले ‘बाइनान्स’ एपमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङ गराउने गरेको सूचनाका आधारमा निगरानी गरिएको थियो।

प्रहरीको प्राविधिक विश्लेषणका क्रममा उनले प्रयोग गरेको बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको देखिएको कार्यालयले जनाएको छ।

प्रहरीले प्रयोग गरेको प्रतिडलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुन आउँछ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं ल्याइएको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जुवा तथा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार हाल कारोबारको स्रोत, प्रयोग भएका डिजिटल माध्यम, अन्य सम्भावित संलग्न व्यक्ति तथा रकमको प्रवाहबारे थप अनुसन्धान भइरहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा...

#वर्षीय
Compare →

Related Stories

National (Nepal)
Build #2611