Trending
Prev Story
Next Story

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

Onlinekhabar •
November 01, 2026 • 02:01 PM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको …

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ।

श्रेष्ठले आफ्नो अध्यक्षतामा निलम्बित सांसदहरुलाई अतिथि बनाइ स्वागत तथा सम्मान कार्यक्रम गरेका थिए ।

पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीको अनुशासन समितिले गम्भीरतापूर्वक लिएको छ।

पार्टीको निर्णय र अनिशासन उल्लंघन गरी निलम्बित भएका व्यक्तिहरूलाई पार्टीका कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीतको कार्य भएको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले यस्ता गतिविधि नगर्न र नगराउन अध्यक्ष श्रेष्ठलाई सचेत समेत गराएको छ।

अनुशासन समितिका अध्यक्ष पार्टी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरुलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन समेत सबै जिल्लालाई आग्रह समेत गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
सिन्धुली र मकवानपुर खण्डको मदन भण्डारी राजमार्गमा कालोपत्रे सुरू,  विवाद समाधानपछि कामले गति लियो

सिन्धुली र मकवानपुर खण्डको मदन भण्डारी राजमार्गमा कालोपत्रे सुरू, विवाद समाधानपछि कामले गति लियो

सिन्धुली - लामो समयदेखि मुआब्जा तथा क्षतिपूर्तिको विवादका कारण अवरुद्ध बन्दै आएको मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। पूर्वाधार विकास मन्त्री ...

#मकवानपुर
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मकवानपुर
Compare →
Nagarik News
1d ago
मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

#मकवानपुर
Compare →

Related Stories

Politics & Governance
Build #2611