सिन्धुली - लामो समयदेखि मुआब्जा तथा क्षतिपूर्तिको विवादका कारण अवरुद्ध बन्दै आएको मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार स्थानीय तहमा देखिएका विवादहरूलाई सहजीकरण र समाधान गर्दै सडक कालोपत्रेको काम तीव्र पारिएको हो।
स्थानीय विवादका कारण लामो समयदेखि थप्प बनेको सिन्धुलीको धुरा बजार क्षेत्रमा अहिले कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। निर्माण कार्यलाई तोकिएको समयभित्रै सम्पन्न गर्नका लागि रात्रीकालीन समयमा समेत काम जारी राखिएको मन्त्री लम्सालले जानकारी दिए।
Read full story at source ( canadanepal.com )