Trending
Prev Story
Next Story

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

Bizshala •
October 27, 2026 • 05:31 AM
1
1 reads 0 reactions

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी...

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी प्रतिघण्टा २५ किलोमिटरको गतिमा अघि बढिरहेको आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनका अनुसार चक्रवात विशाखापट्टनमबाट ३०० किलोमिटर, काकिनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर र बापटलाबाट ५३० किलोमिटर टाढा केन्द्रित थियो।

भारतीय मौसम विज्ञान विभागको बुलेटिनअनुसार चक्रवात मङ्गलबार साँझसम्म पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्नेछ। जैनले चक्रवात बुधबार बिहान यानम नजिकै बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा ठोक्किने सम्भावना रहेको बताएका छन्।

चक्रवातको प्रभावका कारण मङ्गलबार र बुधबार आन्ध्र प्रदेशभर व्यापक वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा अत्यधिक भारी वर्षासमेत हुन सक्ने प्राधिकरणले जनाएको छ।

उनले तटीय क्षेत्रमा प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा तीव्र हावा चल्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। तटमा ठोक्किने बेला यसको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ।

बुधबार रातिदेखि यो चक्रवातको असर नेपाल आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा गराउने सम्भावना छ।

‘अर्णव’को प्रभावले हावाहुरी, चट्याङ र वर्षासँगै हिमाली भेगमा भीषण हिमपात गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोसमेत जानसक्ने महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार यो चक्रवातले देशव्यापी बदली र वर्षा गराउने  सम्भावना छ। शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पूर्वी भारतमा ‘मुरासु’ चक्रवात

पूर्वी भारतमा ‘मुरासु’ चक्रवात

काठमाडौँ, कात्तिक १८ गते । पूर्वी भारतको तटीय क्षेत्रमा एक साताभित्रै मङ्गलबार आएको दोस्रो चक्रवात ‘मुरासु’ ले भारी वर्षा गराउँदा जनजीवन प्रभावित भएको छ । यो चक्रवात आन्ध्र प्रदेशको प्रकामस जिल्लास...

#चक्रवात
Compare →
Onlinekhabar
1w ago
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन …

#अति
Compare →
Nagarik News
1w ago
समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ :  सचेतक परियार

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।

#अति
Compare →
Ekantipur
1w ago
आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

#चक्रवात
Compare →

Related Stories

Science & Climate
Build #2611