Trending
Prev Story
Next Story

इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

Nagarik News •
October 27, 2026 • 04:41 AM
1
1 reads 0 reactions

‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।

इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।

एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन्। चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको  चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए। अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाट खेलेका थिए।

इंग्ल्यान्डले सन् २०२२ मा ‘टि-२०’ विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए। उनीे बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन्।

आजसम्म टेष्ट म्याचमा मलानको एक हजार ७४ रन रहेको छ र टेष्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ। यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ।

त्यस्तै, मलानले टि-२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन्। उनको टि-२० को उच्चतम स्कोर १०३ रहेको छ। उनी आइसिसीको टी-२० अन्तर्राष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन्।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो।

प्रकाशित: १० कार्तिक २०८३ १०:२६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कीर्ति...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
6h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
6h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2611