काठमाडौँ, कात्तिक १८ गते । पूर्वी भारतको तटीय क्षेत्रमा एक साताभित्रै मङ्गलबार आएको दोस्रो चक्रवात ‘मुरासु’ ले भारी वर्षा गराउँदा जनजीवन प्रभावित भएको छ । यो चक्रवात आन्ध्र प्रदेशको प्रकामस जिल्लास्थित ओङ्गोलनजिकै तटीय क्षेत्रमा ठोक्किएको हो ।
चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा र अधिकतम झोका १२० किलोमिटर प्रतिघण्टासम्म रहेको छ । यही कारण आन्ध्र प्रदेश र तमिलनाडुका विभिन्न क्षेत्रमा भारी वर्षा भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
Read full story at source ( gorkhapatraonline.com )