Trending
Prev Story
Next Story

इजरायलमा चुनावी प्रतिस्पर्धा रोचक : नेतान्याहूलाई चुनौती दिँदै पूर्वसेनाप्रमुख, यी हुन् चार मुख्य मुद्दा

Nagarik News •
October 27, 2026 • 03:02 AM
1
1 reads 0 reactions

इजरायलको संसदमा १२० सिट छन्। सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ।

इजरायलमा चुनावी प्रतिस्पर्धा रोचक : नेतान्याहूलाई चुनौती दिँदै पूर्वसेनाप्रमुख, यी हुन् चार मुख्य मुद्दा

इजरायलमा आज (मंगलबार) संसदीय चुनाव हुँदैछ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोटले कडा चुनौती दिएका छन्। चुनावअघिका सर्वेक्षणमा आइजेनकोटको दल अगाडि देखिए पनि सरकार बनाउन आवश्यक बहुमत कसैले पुर्‍याउने हो भन्ने स्पष्ट छैन।

इजरायलको संसदमा १२० सिट छन्। सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ। त्यहाँ जनताले प्रधानमन्त्रीलाई सीधै नभई राजनीतिक दललाई मतदान गर्छन्। दलले पाएको मतका आधारमा सिट बाँडफाँट हुन्छ। कुल वैध मतको कम्तीमा ३.२५ प्रतिशत मत नपाउने दलले संसदमा सिट पाउँदैन।

यस चुनावमा चार विषय मुख्य छन्। पहिलो, सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न सरकार असफल भएको विषयमा छानबिन गर्ने कि नगर्ने भन्ने हो। विपक्षीले नेतान्याहू सरकारले सुरक्षा कमजोरीको जिम्मेवारी लिनुपर्ने माग गर्दै आएको छ।

दोस्रो, धार्मिक यहूदी समुदायका केही सदस्यलाई अनिवार्य सैन्य सेवाबाट दिइँदै आएको छुट हो। नेतान्याहूका सहयोगी दलहरू यो छुट कायम राख्न चाहन्छन् भने आइजेनकोटले उनीहरूलाई सैन्य वा नागरिक सेवामा सहभागी गराउनुपर्ने पक्ष लिएका छन्।

तेस्रो, नेतान्याहू सरकारले सर्वोच्च अदालतको अधिकार घटाउने प्रयास गरेको विषय हो। यसले सरकार र उसका विरोधीबिच लामो समयदेखि विवाद निम्त्याएको छ।

चौथो, राष्ट्रिय सुरक्षा र युद्ध अन्त्य गर्ने रणनीति हो। नेतान्याहूले हमासमाथि पूर्ण विजय हासिल गर्ने प्रतिबद्धता जनाएका छन्। तर गाजामा युद्ध र लेबनानको हिजबुल्लाहसँगको द्वन्द्वले सुरक्षा चुनौती कायम राखेको छ। इरानसँगको तनाव पनि कायम छ।

नेतान्याहू सन् १९६७ मा इजरायली सेनामा भर्ना भएका थिए। उनले विशेष सैन्य इकाइमा काम गरेका थिए। उनका दाइ जोनाथन सन् १९७६ मा युगान्डाको एन्टेबेमा बन्धक उद्धार अभियानका क्रममा मारिएका थिए।

आइजेनकोटले सन् १९७८ मा सेनामा सेवा सुरु गरेका थिए। करिब ३८ वर्षको सैन्य सेवापछि उनी सन् २०१५ देखि २०१९ सम्म इजरायलको सेना प्रमुख बने। उनका छोरा गल सन् २०२३ डिसेम्बरमा गाजा युद्धका क्रममा मारिएका थिए। त्यसको भोलिपल्ट उनका भतिजा माओर कोहेन आइजेनकोट पनि दक्षिणी गाजामा मारिएका थिए।

चुनावमा कुनै पनि गठबन्धनले ६१ सिट नल्याए सरकार बनाउन अन्य दलको समर्थन जुटाउनुपर्नेछ। त्यसैले सबैभन्दा धेरै सिट जित्ने दलसँगै गठबन्धन बनाउन सक्ने नेताको भूमिका पनि निर्णायक हुनेछ।

प्रकाशित: १० कार्तिक २०८३ ०८:४७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोटले बेन्जामिन नेतान्याहुलाई ठूलो चुनौती दिएका छन्। नेतान्याहु पछिल्लो करिब तीन दशकको अधिकांश समय इजरायलको प्रधानमन्त्री रहेका छन्। इजरायलको १२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आइजेनकोटको पक्षमा …

#इजरायल #चुनौती
Compare →
Hamro Patro News
19h ago
गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्ष...

#कम्ती #इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →
Bizshala
12h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#चुनौती #मुद्दा
Compare →
Ekantipur
5d ago
इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

#इजरायल #नेतान्याहू
Compare →

Related Stories

Politics & Governance
Build #2612