Trending
Prev Story
Next Story

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

Nagarik News •
October 27, 2026 • 03:11 AM
1
1 reads 0 reactions

झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ।

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ। यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन्। ती घटनामा एक जना घाइते भएका छन् भने रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन्। ती घटनाबाट रु तीन लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ। जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, चट्याङको एउटा घटनाबाट रु एक लाख बराबरको क्षति भएको छ। प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली  जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ। रासस

प्रकाशित: १० कार्तिक २०८३ ०८:५६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
काँकडभिट्टाबाट असोजमा ९८ करोडको अलैँची निर्यात

काँकडभिट्टाबाट असोजमा ९८ करोडको अलैँची निर्यात

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलँै...

#झापा #असोज
Compare →
Ekantipur
1d ago
असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।

#असोज #क्षति
Compare →
Onlinekhabar
22h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#क्षति
Compare →

Related Stories

Technology
Build #2612