Trending
Prev Story
Next Story

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

Ekantipur •
November 08, 2026 • 01:01 AM
1
1 reads 0 reactions

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

काठमाडौँ — इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई जिम्मेवारी दिने भएका छन् ।

बीबीसी का अनुसार गत साता भएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र आइजेनकोट नेतृत्वका कुनै पनि गठबन्धनले संसद्‌मा बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई पहिलो अवसर दिने निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार हर्जोगले आफ्नो निर्णयबारे आइजेनकोट र नेतान्याहू दुवैलाई जानकारी गराइसकेका छन् । नयाँ संसद्का सदस्यहरूसँगको परामर्शमा आइजेनकोटलाई प्रधानमन्त्री बनाउन ६७ र नेतान्याहूलाई ४६ जनाले समर्थन जनाएका थिए ।

अब आइजेनकोटले सरकार गठनका लागि २८ दिनको समय पाउनेछन् । आवश्यक परे थप १४ दिन समय दिन सकिनेछ । पूर्वसैनिक प्रमुखसमेत रहेका आइजेनकोटले सामाजिक सञ्जाल एक्समा 'राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने समय आएको' बताएका छन् ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् । आइजेनकोटको मध्यमार्गी याशार पार्टीसहित उनको गठबन्धनमा रहेका चार यहुदी दलले ४८ सिट जितेका छन् ।

त्यस्तै, अरब समुदायको नेतृत्वमा रहेका युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । अरब मतदाताको उल्लेख्य सहभागिताका कारण यी दलले अहिलेसम्मकै बढी सिट प्राप्त गरेका हुन् । उनीहरूको समर्थन सरकार गठनमा निर्णायक हुन सक्ने देखिएको छ । तर यहुदी दलमध्ये एउटाबाहेक सबैले निर्वाचनअघि अरब दलसँग मिलेर सरकार गठन नगर्ने बताएका थिए ।

निर्वाचन परिणामले सरकार गठनका तीन सम्भावना देखाएको थियो । नेतान्याहू र आइजेनकोट सहभागी राष्ट्रिय एकताको सरकार, आइजेनकोटको गठबन्धनबाट केही सांसद अलग भएर बन्ने नेतान्याहू नेतृत्वको सरकार र अरब दलको समर्थनमा बन्ने आइजेनकोट नेतृत्वको सरकार ।

आइजेनकोट र उनको गठबन्धनका एक सदस्यबाहेक सबैले अरब दलसँग मिलेर सरकारमा सहभागी नहुने बताउँदै आएका छन् । यद्यपि, उनीहरूबीच सहमति हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ । तर त्यसका लागि पनि सहमति जुटाउन सहज देखिँदैन ।

इजरायलमा राष्ट्रिय एकताको सरकार गठनको अभ्यास यसअघि पनि भएको थियो । सन् २०२० मा लगातार तीनवटा निर्वाचनपछि पनि सरकार गठन हुन नसक्दा नेतान्याहू र उनका मध्यमार्गी प्रतिस्पर्धी बेन्नी गान्ट्जबीच सत्ता साझेदारीको सहमति भएको थियो । त्यसअनुसार दुवैले पालैपालो सरकारको नेतृत्व गरेका थिए ।

राष्ट्रपति हर्जोगले राजनीतिक दलहरूसँगको परामर्शका क्रममा अर्को निर्वाचन रोक्न र स्थिर सरकार बनाउन सबै दलले आफ्ना प्रतिबद्धता र वाचा पूरा गर्न नसकिने वर्तमान यथार्थ बुझ्नुपर्ने बताएका थिए ।

सन् २०१९ देखि २०२२ सम्म इजरायलमा राजनीतिक अस्थिरताका कारण पाँचपटक निर्वाचन भएको थियो । त्यस अवधिमा नेतान्याहू र उनका प्रतिस्पर्धीहरूबीच सरकार गठनका लागि सहमति जुट्न सकेको थिएन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

एजेन्सी । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ। उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्...

#आइजेनकोट #इजरायल
Compare →
Onlinekhabar
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा …

#आइजेनकोट #इजरायल
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#राष्ट्रपति #जिम्मेवारी
Compare →

Related Stories

Politics & Governance
Build #2611