Trending
Prev Story
Next Story

सांस्कृतिक महत्त्वका चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान

Nagarik News •
October 27, 2026 • 03:32 AM
1
1 reads 0 reactions

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३-८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ।

सांस्कृतिक महत्त्वका चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३-८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो।

मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण तथा कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्न लागेको हो।

सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग सम्बन्धित विषयवस्तुलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्ने तथा मौलिक र यथार्थपरक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रमले चलचित्रको कथा तथा पटकथा विकासदेखि निर्माण र निर्माणपछिका कामसम्मका विभिन्न चरणमा सहयोग उपलब्ध गराउने लक्ष्य लिएको छ।

मन्त्रालयले स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन गरी तीन विधामा अनुदान उपलब्ध गराउने जनाएको छ। यसअनुसार चलचित्रको कथा तथा पटकथा विकास, चलचित्र निर्माण र निर्माण सम्पन्न भएपछि गरिने कामका लागि सम्बन्धित विधाअन्तर्गत आवेदन दिन सकिनेछ।

अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले चलचित्रको स्क्रिप्टको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको नाम तथा ठेगाना खुलाउनुपर्नेछ।

त्यसैगरी निर्माता, निर्देशक र छायाँकारको नाम तथा ठेगाना, चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको नाम र ठेगाना तथा निर्माणमा साझेदार संस्था भए त्यसको विवरणसमेत पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

आवेदनमा चलचित्रमा रहने कलाकारको नाम र सङ्ख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार तथा मुख्य कलाकारको व्यक्तिगत विवरणअर्थात् बायोडाटा पनि समावेश गर्नुपर्नेछ। चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पनि आवेदनका साथ पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

सरकारले अनुदानमार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयलाई चलचित्रमा अभिलेखीकरण र प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ तथा राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयलाई चलचित्रमा समेट्न प्रोत्साहन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदा सिर्जनात्मक कामलाई अघि बढाउन, मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहित गर्न र जनचेतनामूलक सामग्रीको उत्पादनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। अनुदान वितरणको विस्तृत प्रक्रिया, मापदण्ड र अन्य सर्त ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाइएको छ।

प्रकाशित: १० कार्तिक २०८३ ०९:१७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
फिडेल देवकोटाको फिल्म परियोजना ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

फिडेल देवकोटाको फिल्म परियोजना ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

काठमाडौं । नेपाली फिल्ममेकर फिडेल देवकोटाको नयाँ फिल्म परियोजना ‘बेयुल’ले प्रतिष्ठित जर्मन संस्था ‘कुरोटोरियम जङ्गर डोइचर फिल्म’बाट ५ लाख युरो (करिब ८ करोड ५१ लाख) को निर्माण अनुदान प्राप्त गरेको छ...

#अनुदान #साढे
Compare →
Ekantipur
1w ago
फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

जर्मनीको प्रतिष्ठित कुरोटोरियम जङ्गर डोइचर फिल्मले २२ परियोजनामध्ये ‘बेयुल’लाई नेपाली फिल्मले पाएको अहिलेसम्मकै ठूलो अनुदान दिएको हो।

#अनुदान #साढे
Compare →
Onlinekhabar
6d ago
संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

२० कात्तिक, काठमाडौं ।  सर्वोच्च अदालतमा राष्ट्रिय महत्त्वका मुद्दा वर्षौंसम्म लम्बिने समस्या अन्त्य गर्न तीनदेखि छ महिनाभित्र त्यस्ता मुद्दा टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्तावित न्यायाधीश जनक पाण्डेले बताएका छन् । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा …

#महत्त्व
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612