Trending
Prev Story
Next Story

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

Ekantipur •
November 05, 2026 • 10:31 AM
1
1 reads 0 reactions

जर्मनीको प्रतिष्ठित कुरोटोरियम जङ्गर डोइचर फिल्मले २२ परियोजनामध्ये ‘बेयुल’लाई नेपाली फिल्मले पाएको अहिलेसम्मकै ठूलो अनुदान दिएको हो।

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

जर्मनीको प्रतिष्ठित कुरोटोरियम जङ्गर डोइचर फिल्मले २२ परियोजनामध्ये ‘बेयुल’लाई नेपाली फिल्मले पाएको अहिलेसम्मकै ठूलो अनुदान दिएको हो।

काठमाडौँ — नेपाली फिल्ममेकर फिडेल देवकोटाको नयाँ फिल्म परियोजना ‘बेयुल’ले प्रतिष्ठित जर्मन संस्था ‘कुरोटोरियम जङ्गर डोइचर फिल्म’ बाट ५ लाख युरो (करिब ८ करोड ५१ लाख) को निर्माण अनुदान प्राप्त गरेको छ ।

युवा र नयाँ प्रतिभाका सिनेमा प्रवर्द्धन गर्दै आएको उक्त संस्थाको ८६औँ चयन समितिले अक्टोबर १९ र २० मा बसेको बैठकपछि २२ वटा फिल्म परियोजनालाई कुल ३१ लाख ७४ हजार युरो अनुदान दिने निर्णय गरेको हो । त्यसमध्ये देवकोटाको ‘बेयुल’ले पाएको रकम नेपाली फिल्मले पाएमध्येको सर्वाधिक रकम हो

सन् १९६५ मा स्थापना भएको ‘कुरोटोरियम जङ्गर डोइचर फिल्म’ जर्मनीको सबैभन्दा पुरानो फिल्म अनुदान संस्था हो, जसले नयाँ निर्देशक तथा मौलिक विषयवस्तु बोकेका फिल्म निर्माणमा सहजीकरण गर्दै आएको छ ।

विम वेन्डर्स, वर्नर हर्जोग जस्ता चर्चित जर्मन फिल्ममेकरहरूलाई करिअरको सुरुवाती चरणमा सहयोग गरेको यस संस्थाले यस पटक जर्मनीका १६ राज्य र संघीय सरकारको संयुक्त कोष अभिवृद्धिपछि अहिलेसम्मकै धेरै युवा प्रतिभालाई समेटेको जनाएको छ ।

कुल १०५ आवेदनमध्येबाट छानिएका २२ परियोजनामध्ये १२ वटालाई फिल्म प्रोडक्सन र १० वटालाई प्रोजेक्ट डेभलपमेन्ट अनुदान दिइएको छ ।

हिमलमा आधारित ‘बेयुल’लाई नेपालबाट आइसफल प्रोडक्सनले निर्माण गर्दैछ । निर्माण सहकार्य जर्मनको ‘वुन्डरफिन फिल्म’ कम्पनील ले गर्दैछ । देवकोटाको निर्देशनमा बनेको अघिल्लो फिल्म ‘द रेड सुटकेस’ २०८० मा प्रदर्शनमा आएको थियो । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भई अन्तर्राष्ट्रिय रूपमा प्रशंसा कमाएको उक्त फिल्म पनि आइसफलले नै निर्माण गरेको थियो ।

आइसफलले यसअघि 'द रेड सुटकेश'सँगै अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा पुगेका ‘द रेड फ्यालस’, ‘ऐना झ्यालको  पुतली’, ‘हल्कारा’, ‘गुँरास’ लगायत का फिल्म निर्माण गरिसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' को बक्स अफिस व्यापार सुस्त देखिएको छ। पछिल्लो एक सातामा यी तीनवटै फिल्मले संयुक्त रूपमा ६५ लाख रूपैयाँ...

#फिल्म #साढे
Compare →
Onlinekhabar
6d ago
नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज …

#फिल्म
Compare →
Nagarik News
6d ago
दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’  सम्पन्न गरेकाे छ।

#देवकोटा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611