Trending
Prev Story
Next Story

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

Onlinekhabar •
November 07, 2026 • 12:30 PM
1
1 reads 0 reactions

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज …

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’

जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो ।

आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका छन् । सुन्नेहरू पनि त्यति नै पुगिसके ।

२०५० सालमा बनेको फिल्म ‘स्वर्ग’ को तिहारसम्बन्धी यो गीत आज पनि जनजिब्रोमा झुण्डिरहेको छ । उक्त फिल्म निर्माण हुनुअघि र पछि पनि तिहारको भैलोसम्बन्धी गीतसंगीत नबनेका होइनन्, तर शम्भुजीत बासकोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको आवाज रहेको यो गीतको चर्चा अरू भन्दा धेरै छ ।

नेपाली फिल्ममा समावेश तिहार गीतमध्ये कालजयी गीत बन्न सफल यो गीतमा अभिनय गर्ने गौरी मल्लको मानस्पटलबाट आजसम्म पनि यो गीतको छायांकनको क्षण हटन सकेको छैन ।

उनी विगततिर यसरी फर्किइन्, ‘मैले जीवनमा धेरै राम्रा गीतमा काम गर्ने अवसर पाएँ । तीमध्ये यो गीत मलाई चिनाइरहने र दर्शकमाझ सम्झिइरहने गीतमध्ये पर्छ ।’  ३ रात निकै मिहेनत गरेर उक्त गीत भक्तपुरको चाँगुनारायण क्षेत्रमा खिचेको उनले बताइन् । यो गीत आफ्नो कलाकारिताको उच्चतम उपलब्धि भित्र पर्ने उनको भनाइ छ।

शम्भु प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘स्वर्ग’ को यो गीतको अडियो चक्का नै तात्कालीन समयमा लाखौंप्रति बिकेको थियो । भिडियोमा बसन्त श्रेष्ठको नृत्य निर्देशनले झनै प्राण भरेको थियो ।

यो गीतलाई माथ गर्ने अर्को गीत नदेखिए पनि यसकै हाराहारीमा चर्चा पाएको अर्को गीत हो चलचित्र चिनोको गीत :

दियो बाली साँझको फूल सजाई पूजाको माता लक्ष्मी बसीदेऊ आज घर संसार सानो हाम्रो…

चलचित्र ‘चिनो’ को यो गीतमा र ञ्जित गमजेरको संगीत छ । निर्देशक तुलसी घिमिरे हुन् । गीतमा दिवंगत कलाकारद्वय शुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय छ । फिल्मका खलपात्र रहेका सुनिल थापालाई पनि गीतमा देख्न सकिन्छ ।

तिहार आएसँगै घन्किने गीतमध्ये पर्छ ‘चिनो’ को यो गीत पनि पर्छ ।

यसैगरी चलचित्र ‘अन्याय’ मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ ।

‘अधरमा आज उनकै छ गीत भैलिनी आइन आँगन…….’

२०४६ सालमा रिलिज भएको चलचित्र ‘अन्याय’ को यो गीतमा रञ्जित गजमेरको संगीत रहेको छ भने मनिला सोताङले स्वर दिएकी छन् ।यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । विश्व बस्नेत र मीरा माधुरी यो फिल्मका कलाकार हुन् ।

‘फिल्ममा हामीले गीत मात्र होइन, टीका लगाएको र तिहारको थप परिवेशलाई पनि समेटेका छौं । यस्तै कारणले गर्दा पनि त्यतिबेला यो फिल्म हेर्न पारिवारिक दर्शकको भीड लाग्ने गर्दथ्यो’ अभिनेता विश्व बस्नेतले सुनाए ।

पुराना फिल्ममा भैलीनीसम्बन्धी गीत समावेश गरिए पनि अर्को फिल्म ‘विजय पराजय’ मा भने भाइटीकालाई प्रस्तुत गरिएको छ । बहिनी बनेकी रूपा रानाले दाजु बनेका दुई अभिनेता भुवन केसी र कृष्ण मल्ललाई भाइटीका लगाएको दृश्यलाई गीतमा मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नै बहिनीले आशिष दिएकी छिन् ।

‘निधारमा लर्काएर सप्तरंगी टीका हिँडिरहू सँधै तिमी शिखरको बाटो ओखरमा फोरी दिएँ बाधाहरू मैले ’

राजेन्द्र शलभ निर्देशक रहेको फिल्म ‘विजय पराजय’ को यो गीतमा शम्भुजीत वास्कोटाको संगीत छ भने गीत दिनेश अधिकारीले लेखेका हुन् । २०४७ सालमा प्रदर्शनमा आएको यो फिल्ममा समावेश दाजु र बहिनीबीचको अगाध माया प्रस्तुत गर्न सफल यो गीत पनि तिहारमा घन्किने मध्ये पर्छ ।

फिल्ममा तिहारको गीतलाई आकर्षणको रूपमा धेरैले राख्ने गरेता पनि भाइटीकालाई नै प्रमुख कथा बनाएर र शीर्षक नै ‘भाइटीका’ राखेर पनि फिल्म निर्माण गरिएको थियो । १७ वर्षअघि प्रदर्शनमा आएको यो फिल्मलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन् । अर्को फिल्म ‘बन्दी’ मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ ।

सञ्चिता लुइँटेल अभिनित फिल्म ‘बन्दी’ को तिहार सम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ बोलको गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । यो गीतलाई अन्जु पन्तले गाएकी छिन् भने संगीत महेश खड्काको छ ।

एक समय नेपाली फिल्ममा चाडबाड र रितीरिवाजले अत्याधिक प्राथमिकता पाउँथ्यो । फिल्ममा यस्ता पक्ष समावेश गर्दा सर्जकले समाजप्रति कर्तव्य निर्वाह गरेको प्रतीत हुन्थ्यो ।

हलमा पारिवारिक दर्शकको पनि हुल जाने गर्थे । सिनेमाले समाज र संस्कृतिको बारेमा बोल्दा वा यस्ता विषय उठान गर्दा भावी पुस्ताले पनि सिनेमामार्फत आफ्नो चाडपर्व र रितिरिवाजको बारेमा जानकारी पाउँथे ।

हिजोआज बन्ने सिनेमाले यस्ता कुरा बिर्सन थालेका छन् । समयको गतिसँगै अगाडि बढ्नु पर्छ भन्ने भनाइमा लाग्दा चाँडो प्रभाव पर्ने र सशक्त माध्यम मानिने चलचित्रजस्तो विधामा प्रवेश गरेको पछिल्लो पुस्ताले नेपाली कला–संस्कृतीलाई न समेट्न सकेका छन् न रितिरिवाजलाई सिनेमाको पर्दामा देख्न पाएका छन् ।

आजका पुस्ताले २०/ २५ वर्षअगाडि बनेका नेपाली सिनेमा हेरेर चाडबाडका कुराहरू थाहा पाउनुपर्ने अवस्था छ । आजको पुस्ताले पुरानै नेपाली सिनेमामा समावेश चाडबाडका गीतमा आफ्नो उपस्थिति दर्शाउनुपर्ने अवस्था छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा...

#गीत #तिहार
Compare →
Arthasansar
14h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611