काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गर्ने सरकारी निर्णयप्रति ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ ।
अभियानको केन्द्रीय समितिले आइतबार एक सूचना जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मिति गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सो नियुक्ति निर्णयप्रति आपत्ति जनाएको हो । अभियानका अनुसार, आनी छोइङ डोल्मामाथि नागरिकता किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )