आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी
प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ। अधिवक्ता टिकाध्वज कुवँरले रिट दर्ता भएको जानकारी दिए। सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीको तर्फबाट कुँवरले हिजै सर्वोच्चमा रिट पेस गरेका थिए। सर्वोच्च प्रशासनले पनि रिट दर्ता भएको जनाएको छ। अधिवक्ता कुँवरका अनुसार कात्तिक ३० गतेलाई पेसी तोकिएको छ। ‘चाडपर्व...