Trending
Prev Story
Next Story

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

Nagarik News •
November 04, 2026 • 02:06 PM
1
1 reads 0 reactions

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित समारोहमा आइजिपी डा. केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले शान्ति सुरक्षा र जनसेवाका क्षेत्रमा देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले भने- ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्नुहोस्। नागरिकले सुरक्षित र सम्मानित महसुस गर्ने वातावरण बनाउनु प्रहरीको पहिलो कर्तव्य हो।’

उनले विशेषगरी फिल्डमा अहोरात्र खटिने तल्लो तहका प्रहरी जवानहरूको मनोबल उच्च राख्न संगठनको नेतृत्वलाई आग्रह गरे।

प्रहरीलाई आवश्यक स्रोत-साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री गुरुङले भने- ‘प्रहरीलाई आवश्यक स्रोत-साधन दिन सरकार तयार छ। कुनै काममा गाह्रो-अप्ठ्यारो आइपरे त्यसलाई सम्बोधन गर्न गृह मन्त्रालय सधैँ तत्पर छ।’

प्रकाशित: १८ कार्तिक २०८३ १९:५१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी र नागरिकबीच दूरी देखिनुभएन

नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी र नागरिकबीच दूरी देखिनुभएन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका छन्। नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले नागरिकसँग नजिक हुनका लागि विशेष ध्यान ...

#गृहमन्त्री #गुरुङ #दूरी
Compare →
Ekantipur
1w ago
प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।

#गृहमन्त्री #गुरुङ #नागरिकबीच
Compare →
Onlinekhabar
6d ago
शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् …

#गृहमन्त्री #गुरुङ
Compare →

Related Stories

National (Nepal)
Build #2611