Trending
Prev Story
Next Story

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

Onlinekhabar •
November 07, 2026 • 01:00 PM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् …

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् ।

विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् ।

कार्यक्रम जारी रहदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा पर्‍यो ।

उनले शुभकामना आदनप्रादन कार्यक्रम राखेपछि आफूलाई स्टेजमा मात्रै राखेर नहुने बताएका थिए ।

‘यो परम्परागत शैली छाड्नुपर्‍यो । यसरी त कसरी शुभकामना आदानप्रदान भयो,’ गुरुङले भनेका थिए, ‘हामी यहाँ सबै गोरखाका छौं । हामी त एक अर्कालाई भेटेर शुभकामना आदानप्रदान हुनपर्‍यो नि ।’

कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उहाले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे प्रतिक्रिया दिएका थिए । सो क्रममा गृहमन्त्री गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताए ।

आगामी दिनमा सरकारले हिमाली तथा दुर्गम क्षेत्रको बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे ।

देशका सवै स्थानमा नागरिकले भोग्नुपरेका समस्यालाई वर्तमान सरकारले केन्द्रमा रहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#गृहमन्त्री #गुरुङ
Compare →
Nagarik News
8h ago
गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।

#गृहमन्त्री #गुरुङ
Compare →

Related Stories

Politics & Governance
Build #2611