Trending
Prev Story
Next Story

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

Nagarik News •
November 13, 2026 • 01:26 PM
1
1 reads 0 reactions

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुने कार्यक्रम छ ।

सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्डटेबल बैठक, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा विश्व प्रहरी पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना हुनेछन् ।

यस संस्करणको सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, रोबोट र ड्रोन प्रविधि, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रणलगायत १४ वटा विषयगत क्षेत्र समेटिएका छन् ।

त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षाका विषयमा समेत छलफल हुनेछ ।

सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन तथा मानव तस्करी, साइबर अपराध, लागुऔषध र सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्थाको पहिचान गर्ने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १९:११ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा ...

#सम्मेलन #सहभागी #प्रस्थान
Compare →
Ekantipur
7h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#सम्मेलन #सहभागी #प्रस्थान
Compare →
Onlinekhabar
7h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#सम्मेलन #प्रस्थान #गृहमन्त्री
Compare →

Related Stories

World News
Build #2611