Trending
Prev Story
Next Story

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

Nagarik News •
November 04, 2026 • 12:12 PM
1
1 reads 0 reactions

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।

सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा आइजिपीको जिम्मेवारी फेरबदल गरिएको दाबी गरिरहँदा पार्टी प्रवक्ताले भने आफूहरूले आइजिपी हटाउन कुनै निर्देशन नदिएको भन्दै सरकारी दाबीको खण्डन गरेका छन्।

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले भनेका थिए- ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ। एक किसिमको संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो।’

तर, रास्वपाका प्रवक्ता जगदिश खरेलले पार्टीले सरकारलाई कुनै पनि व्यक्तिलाई पदबाट हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको बताए।

प्रवक्ता खरेलले भने- ‘शनिबार बसेको सचिवालय बैठकले सञ्चार माध्यमका कार्यालयमा पुगेर प्रहरीले पत्रकार पक्राउ गर्ने कामको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिएको थियो। तर कसैलाई पदबाट हटाऊ वा मुक्त गर भनेर निर्देशन दिएको थिएन।’

सरकारका प्रवक्ताको भनाइबारे सोधिएको प्रश्नमा प्रवक्ता खरेलले थपे- ‘पार्टीले कसैलाई हटाउनू वा नियुक्त गर्नू भनेकै छैन। किन यस्तो निर्णय गर्‍यौं भनेर सरकारले नै स्पष्ट पार्दै जाला, पार्टीको निर्देशन भने यो होइन।’

मन्त्रिपरिषद्को बुधबारको बैठकले आइजिपी कार्कीलाई हटाएर अपराध अनुसन्धान विभागमा कार्यरत अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। पदबाट हटाइएका कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय सरकारले गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १७:५७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्...

#महानिरीक्षक #दानबहादुर
Compare →
Onlinekhabar
6d ago
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका …

#भन्छ #हामी
Compare →

Related Stories

Politics & Governance
Build #2611