नेपाली फिल्ममा ‘घर भाँड्ने’ भाष्यमा बुहारी
सासू–ससुरा र छोराबीचको सम्बन्ध बिग्रिनुमा बुहारीलाई दोषी देखाउने फिल्मी प्रवृत्ति अझै हट्न सकेको छैन । महिलाका आकांक्षा र स्वतन्त्र निर्णयलाई नकारात्मक रूपमा चित्रण गर्ने यस्तो कथ्यले पितृसत्तात्मक सोच र सामाजिक पूर्वाग्रहलाई मलजल गरिरहेको छ ।