Trending
Prev Story
Next Story

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

Ekantipur •
November 18, 2026 • 07:02 AM
4
4 reads 0 reactions

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

काठमाडौँ — नेपालको सत्ता र शक्तिको वृत्तमा एउटा यस्तो नाम देखापरेको छ, जसको न कुनै सार्वजनिक पद छ, न कुनै राजनीतिक पृष्ठभूमि । तर, उनको मोबाइलमा भेटिएका संवादले प्रधानमन्त्रीको सचिवालयदेखि नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका एआईजी, पूर्वप्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूसम्मको सम्बन्ध देखाएका छन् । उनको खातामार्फत भएका कारोबारले उनको कनेक्सनको बृहत् र शंकास्पद सम्बन्ध देखाएको छ ।

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ? प्रहरीले अहिले यी प्रश्नको जवाफ खोतल्न अनुसन्धान जारी राखेको छ । यो सबै घटनाक्रममा सबैभन्दा महत्त्वपूर्ण प्रश्न– उनको सम्पर्कमा रहेका शक्तिशाली व्यक्तिहरूले उनीबाट के अपेक्षा गरेका थिए ?

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइमा, पछिल्लो एक वर्षमा उनी अदालती मुद्दामामिलामा पुगेका अधिकांश हाईप्रोफाइल व्यक्तिसँग जोडिएका देखिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पूर्वमन्त्री दीपक खड्कासम्म अनि शक्तिशाली फिक्सरका रूपमा चिनिएका दीपक भट्टदेखि सर्वोच्च अदालतका कम्तीमा पाँच जना न्यायाधीशसँग कुराकानी गरेको भेटिएको अधिकृतहरूको भनाइ छ ।

सर्वोच्चका न्यायाधीश हरि फुयाँलसँग भएको कुराकानीको त ह्वाट्सएप संवाद नै बाहिरिएको छ, जसमा फुयाँलले उनलाई होटलमा भेट्ने प्रस्ताव गरेका छन् । फुयाँल स्वयंले पनि सापकोटासँग कुराकानी हुने गरेको विषय स्वीकारेका छन् । तर, प्रधानमन्त्रीको नाम लिँदै सम्पर्कमा आएको विषयमा आफूहरूले नै सूचना दिएपछि अनुसन्धान अघि बढेको दाबी गरेका छन् ।

अनुसन्धान अधिकृतहरूको दाबीमा, सापकोटा जोडिएका उच्चपदस्थहरू अदालतको आदेशका आधारमा छुटेका पनि छन् । तर, उनकै कारण छुटेका हुन् कि होइनन् भन्नेचाहिँ पुष्टि हुँदैन । पछिल्लो पटक सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टले समेत सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सरकार झस्किएको थियो । र, सरकारले छानबिन अघि बढाएको थियो ।

इनमको पृष्ठभूमि के हो र उनको मोबाइलबाट खुलेको नेक्ससको अर्थ के हो ? कान्तिपुरले तयार पारेको भिडियो सामग्री हेर्नुहोस् :

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा भ...

#भेटिए #मोबाइल
Compare →
Onlinekhabar
16h ago
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

१ मंसिर, काठमाडौं । नेपालमा लामो समयदेखि सत्ता र राजनीतिमा प्रभाव जमाउँदै आएका परम्परागत दलको स्थान नयाँ राजनीतिक शक्तिले लिएको छ। गत फागुनको चुनावबाट शासन सत्ता आफ्नो हातमा लिएको त्यही शक्ति रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन …

#सम्बन्ध #सत्ता
Compare →
Nagarik News
1d ago
इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीका अनुसार प्रहरीले बिहान ७:३५ बजे घटनाबारे जानकारी पाएको थियो।

#इनम #मोबाइल
Compare →

Related Stories

National (Nepal)
Build #2612