Trending
Prev Story
Next Story

इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

Nagarik News •
November 16, 2026 • 07:57 AM
3
3 reads 0 reactions

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीका अनुसार प्रहरीले बिहान ७:३५ बजे घटनाबारे जानकारी पाएको थियो।

इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

आइतबार झापामा मृत भेटिएका ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु) को शव परिवारले बुझेको छ।

झापाको कनकाई नगरपालिका-३ स्थित आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको भेन्टिलेसनको रडमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनी मृत फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीका अनुसार प्रहरीले बिहान ७:३५ बजे घटनाबारे जानकारी पाएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

पोस्टमार्टमपछि सोमबार बिहान ९ बजे उनका काका किसन खतिवडाले शव बुझेर अन्तिम संस्कारका लागि लगेका हुन्।

यशुको मृत्युको कारणबारे प्रहरीले विभिन्न पक्षसँग सोधपुछ गरिरहेको डीएसपी बुढाथोकीले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा परिवार, आफन्त र छिमेकीसँग बुझ्दा उनी केही समयदेखि मानसिक तनावमा रहेको जस्तो देखिएको जानकारी पाएको उनले बताए।

‘घरपरिवार, आफन्त र छरछिमेकमा बुझ्दा उहाँमा केही समयदेखि डिप्रेसनजस्तो समस्या रहेको र त्यही किसिमका कुराकानी गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ,’ उनले नागरिकन्युजसँ ग भने।

यशुको सम्बन्ध काठमाडौंमा थुनामा रहेका बिचौलिया इनम सापकोटासँग रहेको दाबीसहितका विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। तर, उक्त विषयमा अहिलेसम्म कुनै ठोस प्रमाण फेला परेको छैन।

मृत्युअघि यशुले फेसबुकमा लेखेको स्टाटस पनि प्रहरी अनुसन्धानको मुख्य विषय बनेको छ। प्रहरीले उनको मोबाइल घरबाट बरामद गरेको छ। मोबाइललाई डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएर परीक्षण गर्ने तयारी गरेको डीएसपी बुढाथोकीले बताए।

‘उहाँले फेसबुकमा लेख्नुभएको स्टाटस आफ्नै इच्छाले लेख्नुभएको हो वा त्यसको पछाडि वास्तवमै कुनै घटना जोडिएको थियो भन्ने कुरा फरेन्सिक रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ,’ उनले भने।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा साथीभाइ, परिवार र आफन्तसँग बुझ्दा सामाजिक सञ्जालमा चर्चा भएजस्तो कुनै घटना भएको जानकारी भने आएको छैन।

यशुले मृत्यु हुनुअघि फेसबुकमा लेखेको स्टाटसमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गरेका थिए। उनले आफूले भोगिरहेको जीवन नै आफ्नो सजाय भएको उल्लेख गर्दै परिवारलाई दोष नदिन अपिल गरेका थिए।

उनले इनमको मोबाइलबाट आएको भनिएको ह्वाट्सएप सन्देश परिवार र निर्दोष बुवालाई फसाउन अरू कसैले रचेको नाटक भएको दाबी गरेका थिए। उक्त सन्देश अरू कसैले पठाउने र मेटाउने गरेको पनि उनले लेखेका थिए।

आफ्नो परिवारलाई सामाजिक सञ्जालमा आएका आरोपसँग नजोड्न आग्रह गर्दै उनले आमा, बुवा, दाजु, भाउजू र दिदीलाई आफूले गरेको भनिएको साधनाबारे जानकारी नभएको उल्लेख गरेका थिए। साथै, उक्त साधना गलत नभएको दाबी गरेका थिए।

उनले परिवार, गाउँसमाज र देशसँग माफी माग्दै सबैमा शान्तिको कामना गरेका थिए।

यशुको फेसबुक स्टाटस, मोबाइलमा रहेका विवरण र मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि घटनासँग जोडिएका विषयमा थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:४२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
38m ago
इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

आइतबार झापामा मृत भेटिएका ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु) को शव परिवारले बुझेको छ। झापाको कनकाई नगरपालिका-३ स्थित आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको भेन्टिलेसनको रडमा सलको पासो लगाएर झुन्डिएको ...

#यशु #रहे #इनम
Compare →
Ekantipur
27m ago
जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

एनभिडिया चिप चीन पुर्‍याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।

#रहे
Compare →
Onlinekhabar
23h ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#रहे
Compare →

Related Stories

Technology
Build #2612