Trending
Prev Story
Next Story

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मङ्सिर, बर्लिन (रासस/एएफपी) । जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ । राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका …

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

७ मङ्सिर, बर्लिन (रासस/एएफपी) । जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।

राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका विद्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो । दक्षिणपश्चिमी राज्य बाडेन–वुर्टेम्बर्गमा मात्रै ४५० भन्दा बढी विद्यालयले यस्ता इमेल प्राप्त गरेका थिए ।

प्रहरीका अनुसार इमेलमा विद्यालय भवनभित्र विस्फोटक पदार्थ राखिएको र विस्फोट गराउने धम्की दिइएको थियो । केही विद्यालयले सावधानीस्वरूप विद्यार्थी तथा कर्मचारीलाई बाहिर निकालेका थिए ।

बर्लिन प्रहरीले धम्की प्राप्त विद्यालय वा अन्य कुनै विद्यालयमा तत्काल खतरा रहेको सूचना नभएको जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

पछिल्ला साताहरूमा इटाली, बेलायत, हङ्गेरी र सर्बियाका विद्यालयमा पनि यस्तै नक्कली बम धम्कीका घटना भएका छन् । ती घटनाबीच आपसी सम्बन्ध रहे–नरहेको भने स्पष्ट भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
जर्मनीका ४५० बढी विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका ४५० बढी विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन्।

#विद्यालय #इमेल #विस्फोट
Compare →
Hamro Patro News
1w ago
६,३०० विद्यालयमा बमको धम्की!

६,३०० विद्यालयमा बमको धम्की!

युरोप । इटालीका हजारौँ विद्यालयमा बम राखिएको भन्दै धम्कीपूर्ण इमेल पठाइएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ। धम्कीपछि करिब ३०० विद्यालय खाली गराइएको थियो। यस्तै प्रकारका सन्देश स्कटल्यान्ड र उ...

#विद्यालय #धम्की
Compare →
Ekantipur
5h ago
पाल्पाका दुई सामुदायिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता

पाल्पाका दुई सामुदायिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता

रामतुलसी र दमकडा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, शिक्षण सिकाइ र संस्थागत व्यवस्थापनका मापदण्ड पूरा गरेपछि यो प्रमाणपत्र पाएका हुन्।

#विद्यालय
Compare →
Bizshala
1d ago
विश्वका ८ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये छानिए नेपाली वैज्ञानिक पल्लव श्रेष्ठ, जर्मनीको प्रतिष्ठित हेल्महोल्ज अवार्डबाट सम्मानित

विश्वका ८ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये छानिए नेपाली वैज्ञानिक पल्लव श्रेष्ठ, जर्मनीको प्रतिष्ठित हेल्महोल्ज अवार्डबाट सम्मानित

काठमाण्डौ । नेपाली जलविद् तथा वैज्ञानिक डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित ‘हेल्महोल्ज विद्यावारिधि...

#जर्मनी
Compare →
Arthasansar
1w ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#विस्फोट
Compare →

Related Stories

Education & Youth
Build #2612