Trending
Prev Story
Next Story

पाल्पाका दुई सामुदायिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता

Ekantipur •
November 23, 2026 • 09:33 AM
5
5 reads 0 reactions

रामतुलसी र दमकडा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, शिक्षण सिकाइ र संस्थागत व्यवस्थापनका मापदण्ड पूरा गरेपछि यो प्रमाणपत्र पाएका हुन्।

पाल्पाका दुई सामुदायिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता

रामतुलसी र दमकडा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, शिक्षण सिकाइ र संस्थागत व्यवस्थापनका मापदण्ड पूरा गरेपछि यो प्रमाणपत्र पाएका हुन्।

पाल्पा — पाल्पाका दुई सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र संस्थागत व्यवस्थापनमा गरेको सुधारका आधारमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् ।

रामपुरको रामतुलसी माध्यमिक विद्यालय र तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयले ‘ग्लोबल क्वालिटी एस्योरेन्स सर्टिफिकेसन प्रालि’बाट अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका हुन् ।

विद्यालयको शैक्षिक गतिविधि, शिक्षण सिकाइ, भौतिक पूर्वाधार, संस्थागत व्यवस्थापन र कार्यसम्पादनका विभिन्न पक्षको मूल्यांकन गर्दा निर्धारित मापदण्ड पूरा गरेपछि प्रमाणपत्र प्रदान गरिएको आईएसओका नेपाल राष्ट्रिय निर्देशक सुदीप शर्माले बताए । उनका अनुसार रामतुलसी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डका ८० प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि प्रमाणपत्र पाएको हो । दमकडा माविले पनि आवश्यक प्रक्रिया पूरा गरेर यस्तो मान्यता प्राप्त गरेको छ ।

यसअघि जिल्लाका १६ वटा विद्यालयले आईएसओ लोगो प्राप्त गरी गुणस्तर सुधारको प्रक्रिया अघि बढाएका थिए । तीमध्ये दमकडा मावि पहिलो र रामतुलसी मावि दोस्रो विद्यालयका रूपमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको औपचारिक प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन् ।

प्रतिनिधिसभा सदस्य सन्दीप रानाले रामतुलसी माविका व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ र प्रधानाध्यापक बालकृष्ण लम्साललाई प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा रानाले एउटा चौतारीबाट सुरु भएको विद्यालयले अन्तर्राष्ट्रिय स्तरको पहिचान बनाउन सफल हुनु रामपुरका लागि गौरवको विषय भएको बताए । उनले रामपुरलाई वैदिक स्मार्ट सिटी र शैक्षिक केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै शिक्षाको गुणस्तर र सामाजिक–सांस्कृतिक पहिचानलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने जनशक्ति बन्न उनले आग्रह गरे । ज्ञान र सीप हासिल गरेर आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले हिजो ढुंगामा बसेर पढेको विद्यालय आज अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्नु उपलब्धि भएको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै भौतिक पूर्वाधार विकासलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

दमकडा माविलाई आईएसओ प्रमाणीकरण प्रमाणपत्र हस्तान्तरण गर्दै । तस्बिर : माधव अर्याल/कान्तिपुर

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयले नगरको शैक्षिक पहिचान उँचो बनाएको बताए । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले गुणस्तर कायम राख्न शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन पक्ष सबैको भूमिका महत्त्वपूर्ण हुने बताए ।

प्रमाणीकरणले विद्यालयको जिम्मेवारी थपिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डका सबै सूचक पूरा गर्ने लक्ष्यसहित अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

यसअघि दमकडा माविले पनि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेको थियो । तानसेन नगरपालिका–९ स्थित उक्त विद्यालयले शिक्षण सिकाइसँगै संस्थागत व्यवस्थापन, कार्यसम्पादन र गुणस्तर सुधारका मापदण्ड पूरा गरेको मूल्यांकनपछि प्रमाणपत्र पाएको हो । विद्यालयले यसअघि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिह्न प्राप्त गरेको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि औपचारिक प्रमाणपत्र लिन सफल भएको फोकल पर्सन तथा शिक्षक जीवन आचार्यले बताए ।

दमकडा माविलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तले विद्यालयले गरेको सुधार र उपलब्धिको प्रशंसा गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले प्रमाणपत्र प्राप्त गर्नु मात्र ठूलो कुरा नभई त्यसले निर्धारण गरेका मापदण्ड व्यवहारमा निरन्तर लागू गर्नु महत्त्वपूर्ण हुने बताए ।

विद्यालयले प्राप्त गरेको उपलब्धिले पाल्पाका अन्य सामुदायिक विद्यालयलाई पनि शैक्षिक गुणस्तर, शिक्षण सिकाइ र संस्थागत व्यवस्थापन सुधारका लागि प्रेरणा दिएको दमकडा मावि व्यवस्थापन समिति अध्यक्ष राजेशकुमार अर्यालले बताए । अन्तर्राष्ट्रिय प्रमाणपत्रलाई उपलब्धिका रूपमा मात्र नलिएर विद्यालयको दैनिक कार्यसम्पादन र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने माध्यम बनाउनुपर्नेमा उनको जोड थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा प्रभावकारी सेवा प्रवाहका लागि विकेन्द्रीकरणलाई विस्तार गर्न लागिएको त्रिविले जनाएको छ । ‘शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक …

#गुणस्तर #संस्थागत
Compare →
Nagarik News
6h ago
विद्यालय शिक्षा विधेयक दर्ता कहिले?

विद्यालय शिक्षा विधेयक दर्ता कहिले?

लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकारले मस्यौदा निर्माणको काम तीव्र बनाएको छ।

#विद्यालय
Compare →
Hamro Patro News
8h ago
७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट

७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट

७ मंसिर २०८३ : आजको वायु गुणस्तर अपडेट विराटनगरमा आज सबैभन्दा खराब वायु गुणस्तर रहेको छ भने पोखरामा सबैभन्दा स्वच्छ हावा रहेको छ। मंसिर ७, २०८३ कान्ति एआई देशका प्रमुख सहरहरूको आजको वायु गुणस्त...

#गुणस्तर
Compare →
Bizshala
1w ago
नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

काठमाण्डौ । नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायतका औद्योगिक वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन...

#गुणस्तर
Compare →

Related Stories

World News
Build #2612