Trending
Prev Story
Next Story

बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

Bizshala •
November 23, 2026 • 07:35 AM
3
3 reads 0 reactions

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तापछि नेपाल र...

बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तापछि नेपाल र भारतबीच विभिन्न समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीको नेतृत्वमा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भइरहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय वार्ता सम्पन्न भएपछि दुई देशबीच तय भएका समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भ्रमणका उपलब्धि र द्विपक्षीय सहकार्यका विषयमा जानकारी गराउनेछन्।

प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाह र मोदीबीच एक्लाएक्लै भेटवार्तासमेत भएको थियो।

द्विपक्षीय वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन्।

त्यसैगरी भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्ता र समझदारीलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

दुई देशबीच कुन–कुन विषयमा समझदारी तथा सम्झौता हुने भन्ने विस्तृत विवरण भने हस्ताक्षरपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14m ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #मोदी #हस्ताक्षर
Compare →
Arthasansar
7m ago
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक...

#बालेन-शाह #मोदी #बालेन
Compare →
Nagarik News
58m ago
प्रधानमन्त्री शाहले समकक्षी मोदीलाई दिए पशुपतिनाथको प्रसाद

प्रधानमन्त्री शाहले समकक्षी मोदीलाई दिए पशुपतिनाथको प्रसाद

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसाद दिएका छन्।

#बालेन-शाह #मोदी
Compare →
Ekantipur
1h ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612