काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर ६ गते आइतबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १९३ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कर प्रयोजनार्थ समेत गरी चुक्तापूँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित नगद लाभांशको कुल रकम ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा रहेको छ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ रहेको छ भने अधिकृत पूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
कम्पनीले यसपटक बोनस शेयर तथा हकप्रद शेयर वितरण नगर्ने निर्णय गरेको छ।
यसैबीच कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आगामी पुस ३ गते शुक्रबार बुटवलमा आयोजना गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरू प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नियामकीय स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।