Trending
Prev Story
Next Story

आईजीपीले म्याद नबुझ्दा सर्वोच्चमा दानबहादुरको रिट सुनुवाइ रोकियो

Nagarik News •
November 23, 2026 • 07:32 AM
3
3 reads 0 reactions

प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।

आईजीपीले म्याद नबुझ्दा सर्वोच्चमा दानबहादुरको रिट सुनुवाइ रोकियो

दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।

रिटमा विपक्षी बनाइएका अन्य पक्षले अदालतको म्याद बुझिसके पनि आईजीपी केसीले भने अझै म्याद बुझेका छैनन्। म्याद तामेल हुन बाँकी रहेको जानकारी पाएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले महान्यायाधिवक्तालाई बोलाएर म्याद बुझ्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ।

आईजीपी केसीले म्याद बुझेपछि मात्रै रिटमाथिको सुनुवाइका लागि नयाँ मिति निर्धारण गरिनेछ।

यसअघि गत मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका विषयमा छलफल गर्न उपस्थित हुन आदेश दिएको थियो।

प्रकाशित: ७ मंसिर २०८३ १३:१७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#आईजीपी #सुनुवाइ #सर्वोच्च
Compare →
Ekantipur
2h ago
आईजीपी केसीले म्याद नबुझेपछि कार्कीको मुद्दाको सुनवाइ सर्‍यो

आईजीपी केसीले म्याद नबुझेपछि कार्कीको मुद्दाको सुनवाइ सर्‍यो

प्रधानमन्त्री कार्यलयबाट केसीलाई आईजीपी बनाउने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको फाइल अर्को पेसीमा पेस गर्ने सुनिश्चितताका लागि महान्यायधिवक्तालाई इजलासले निर्देशन दिएको छ ।

#म्याद #आईजीपी #केसी
Compare →
Onlinekhabar
2d ago
दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

७ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ …

#सुनुवाइ #केसी #दानबहादुर
Compare →
Hamro Patro News
5d ago
निवर्तमान आईजीपी कार्कीको रिटमाथि आज सुनुवाइ हुँदै

निवर्तमान आईजीपी कार्कीको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेशीमा चढेको छ। सरकारले...

#आईजीपी #सुनुवाइ
Compare →
Arthasansar
4d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#सर्वोच्च #दानबहादुर #रिट
Compare →

Related Stories

National (Nepal)
Build #2612