Trending
Prev Story
Next Story

आईजीपी केसीले म्याद नबुझेपछि कार्कीको मुद्दाको सुनवाइ सर्‍यो

Ekantipur •
November 23, 2026 • 05:33 AM
5
5 reads 0 reactions

प्रधानमन्त्री कार्यलयबाट केसीलाई आईजीपी बनाउने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको फाइल अर्को पेसीमा पेस गर्ने सुनिश्चितताका लागि महान्यायधिवक्तालाई इजलासले निर्देशन दिएको छ ।

आईजीपी केसीले म्याद नबुझेपछि कार्कीको मुद्दाको सुनवाइ सर्‍यो

प्रधानमन्त्री कार्यलयबाट केसीलाई आईजीपी बनाउने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको फाइल अर्को पेसीमा पेस गर्ने सुनिश्चितताका लागि महान्यायधिवक्तालाई इजलासले निर्देशन दिएको छ ।

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा म्याद तामेल भयो कि भएन भन्ने विषयमा स्पष्टता नहुँदा सुनवाइ सरेको छ ।

प्रहरी प्रधान कार्यलयका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीले आईजीपी मनोज केसीले म्याद तामेल नभएको बताए । बहसका क्रममा इजलासमा म्याद तामेल नभएको विषय उठेपछि सुनवाइ सरेको हो ।

यसअघि सर्वोच्चले कार्कीको मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

महान्यायधिवक्तालाई बोलाएर म्याद तामेली हुने सुनिश्चितता हुने गरी आदेश गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यलयबाट मनोज केसीलाई आईजीपी बनाउने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको फाइल अर्को पेसीमा पेस गर्ने सुनिश्चितता गर्न महान्यायधिवक्तालाई इजलासले निर्देशन दिएको छ ।

सर्वोच्चले सरकारका नाममा बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

सरकारले १८ कात्तिकमा कार्कीलाई पदबाट हटाउँदै केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
आईजीपी विवाद : प्रहरी हेडक्वाटरले पत्र नबुझेपछि सर्वोच्चले संशोधन गरेर पठायो

आईजीपी विवाद : प्रहरी हेडक्वाटरले पत्र नबुझेपछि सर्वोच्चले संशोधन गरेर पठायो

४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र नबुझेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुन: पत्र पठाएको छ । निर्वतमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका लागि दुवै …

#आईजीपी #नबुझेपछि
Compare →
Hamro Patro News
23h ago
लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उ...

#कार्की
Compare →
Nagarik News
3d ago
इनम सापकोटासहित तीनजनालाई ७ दिन म्याद थप

इनम सापकोटासहित तीनजनालाई ७ दिन म्याद थप

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीनजनालाई अदालतले सात दिन थुना म्याद दिएको छ।

#म्याद
Compare →

Related Stories

Politics & Governance
Build #2612