काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो। दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएकाले केहीबेरमा आदेश आउनेछ।
सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )