Trending
Prev Story
Next Story

दानबहादुरको रिटमा सर्वोच्चमा बहस जारी, उनी पक्षका कानुन व्यवसायीले मागे अन्तरिम आदेश

Ekantipur •
November 18, 2026 • 06:32 AM
1
1 reads 0 reactions

यो रिटमा कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् ।

दानबहादुरको रिटमा सर्वोच्चमा बहस जारी, उनी पक्षका कानुन व्यवसायीले मागे अन्तरिम आदेश

यो रिटमा कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् ।

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ ।

अहिले कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् । उनीहरूले दानबहादुरको सरुवा गरिएको नभई पदबाट हटाइएको तर्क अघि सारेका छन् । उनीहरूले नेपाल प्रहरीको कानुन र संविधानविपरीत गएर यो कदम चालिएको भन्दै अन्तरिम आदेश मागेका छन् ।

कार्कीले दायर गरेको रिटमा आज पहिलो सुनुवाइ जारी छ । यो रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । यसअघि ३० कात्तिककै पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार पद सिर्जना गर्दै पदबाट हटाएको थियो । सरकारको उक्त निर्णय गैरकानुनी भएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका छन् । सर्वोच्चले पहिलो सुनुवाइपछि गर्ने निर्णयले कार्की पुनः पदमा फर्कने वा नफर्कने टुंगो लगाउनेछ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#कार्की #दानबहादुर #रिट
Compare →
Hamro Patro News
1h ago
पुनर्वहालीको माग गर्दै पूर्वआईजीपी कार्की सर्वोच्चमा, रिटमा आज सुनुवाइ

पुनर्वहालीको माग गर्दै पूर्वआईजीपी कार्की सर्वोच्चमा, रिटमा आज सुनुवाइ

काठमाडौँ । प्रहरी प्रमुखबाट बर्खास्त गरिएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा पुनर्वहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा प...

#कार्की #रिट #सर्वोच्च
Compare →
Onlinekhabar
2h ago
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । सरकारले १८ कात्तिकमा प्रहरी …

#कार्की #दानबहादुर #रिट
Compare →
Nagarik News
2h ago
दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी

दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ।

#कार्की #दानबहादुर #रिट
Compare →

Related Stories

National (Nepal)
Build #2612