Trending
Prev Story
Next Story

विराटनगरलाई ‘लजिस्टिक हब’ बनाउन कार्गो रेल नियमित सञ्चालनको माग

Ekantipur •
November 17, 2026 • 02:32 PM
2
2 reads 0 reactions

कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक तथा प्रशासनिक समस्या समाधान गरी पारवहन लागत घटाउन उद्योगी–व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

विराटनगरलाई ‘लजिस्टिक हब’ बनाउन कार्गो रेल नियमित सञ्चालनको माग

कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक तथा प्रशासनिक समस्या समाधान गरी पारवहन लागत घटाउन उद्योगी–व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

विराटनगर — विराटनगरलाई सामान ओसारपसार, भण्डारण र वितरण गर्ने (लजिस्टिक हब) का रूपमा विकास गर्न कार्गो रेल नियमित सञ्चालनसँगै पारवहन लागत न्यूनीकरण र आवश्यक पूर्वाधार निर्माण गर्न उद्योगी–व्यवसायीले माग गरेका छन् ।

मोरङ उद्योग व्यापार संघले मंगलबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा सहभागी उद्योगी–व्यवसायीले कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक तथा प्रशासनिक समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।

संघका अध्यक्ष अनिलकुमार साहले विराटनगरमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच मार्ग, भारतीय बन्दरगाहसँग जोडिएको कार्गो रेल सञ्जाल र नेपाल कस्टम्स यार्ड (एनसीवाई) जस्ता पूर्वाधार उपलब्ध भए पनि तिनको प्रभावकारी उपयोग हुन नसकेको बताए । उनका अनुसार आईसीपी तथा रेल्वे यार्डमा मौसमअनुकूल आधुनिक गोदाम र सुरक्षित भण्डारणको अभाव, उच्च कार्गो ह्यान्डलिङ शुल्क, बल्क कार्गो अनलोडिङ उपकरणको कमी तथा पारवहन प्रक्रियामा प्रभावकारी समन्वय नहुँदा कार्गो रेल सेवा नियमित हुन सकेको छैन । रेल्वेका पूर्वाधारसमेत जीर्ण हुँदै गएको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

‘विराटनगरसँग मुलुककै सक्षम लजिस्टिक हब बन्न आवश्यक आधारभूत पूर्वाधार छन्,’ उनले भने, ‘तर उपलब्ध संरचनाको प्रभावकारी सञ्चालन र व्यवस्थापन हुन नसक्दा अपेक्षित लाभ लिन सकिएको छैन ।’

अध्यक्ष साहले कार्गो सेवा शुल्क तथा पारवहन लागत घटाउन, आधुनिक गोदाम निर्माण गर्न र कन्टेनर तथा बल्क कार्गोको व्यवस्थापनलाई वैज्ञानिक बनाउनुपर्ने बताए । नियमित कार्गो रेल सञ्चालनले राजस्व, रोजगारी र व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले थोरै परिमाणमा कन्टेनर आयात गर्ने उद्योगी–व्यवसायीले समेत रेल सेवाबाट लाभ लिन सक्ने नीति बनाउनुपर्ने बताए । पूर्वाधार विकाससँगै व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने गरी नीतिगत सुधार आवश्यक रहेको उनले औंल्याए ।

वाणिज्य उपाध्यक्ष विकासकुमार बेगवानीले कार्गो सेवा शुल्क घटाउन सके उद्योगी, व्यवसायी र उपभोक्ता सबै लाभान्वित हुने बताए । संघका महासचिव अमितकुमार सारडाले नेपाली र भारतीय कस्टम यार्डबीचको शुल्क तथा ढुवानी लागतसम्बन्धी समस्या समाधान गर्नुपर्ने र रेल सेवा नियमित सञ्चालनका लागि स्पष्ट कार्यढाँचा बनाउनुपर्ने धारणा राखे ।

छलफलमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सहभागीले उठाएका समस्या समाधानका लागि आफ्नो निकायबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक इन्जिनियर आदर्श काफ्ले, ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिका प्रबन्ध निर्देशक मुकेशकुमार राठी, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका उपसचिव डिल्ली सञ्जेल, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका विराटनगर प्रमुख उद्धवराज कोइराला र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मालगायतले पनि व्यापारिक समस्या र समाधानका सन्दर्भमा बोलेका थिए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
भारतले दियो रेल सेवा सञ्चालनको स्वीकृति, धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा

भारतले दियो रेल सेवा सञ्चालनको स्वीकृति, धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा

काठमाडौँ - नेपालका प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणपूर्व भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको ...

#रेल #सञ्चालनको
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#रेल
Compare →
Nagarik News
1d ago
अब जनकपुर-अयोध्या रेल

अब जनकपुर-अयोध्या रेल

नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थललाई जोड्न जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन हुने भएको छ।

#रेल
Compare →
Onlinekhabar
2d ago
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

२९ कात्तिक, न्युयोर्क (रासस/सिन्ह्वा)। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र …

#कार्गो
Compare →
Arthasansar
3d ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#विराटनगर
Compare →

Related Stories

Technology
Build #2612