Trending
Prev Story
Next Story

महुली लघुवित्तले प्रस्ताव गर्‍यो बोनस शेयर

Bizshala •
November 23, 2026 • 05:35 AM
5
5 reads 0 reactions

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

महुली लघुवित्तले प्रस्ताव गर्‍यो बोनस शेयर

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाको २०८३ असार मसान्तसम्म कायम चुक्तापूँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा रहेको छ। सोही पूँजीका आधारमा संस्थाले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार संस्थाले बोनस शेयर र नगद लाभांश गरी कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
15m ago
महुली लघुवित्तको लाभांश घोषणा, कति पाउँछन् सेयरधनीले प्रतिफल ?

महुली लघुवित्तको लाभांश घोषणा, कति पाउँछन् सेयरधनीले प्रतिफल ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक...

#लाभांश #वितरण #महुली
Compare →
Ekantipur
48m ago
माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

#लाभांश #लघुवित्त
Compare →

Related Stories

Business & Economy
Build #2612