Trending
Prev Story
Next Story

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

Ekantipur •
November 22, 2026 • 04:32 AM
2
2 reads 0 reactions

गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

जुम्ला — जुम्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव सुरु भएको छ । गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

शनिबार दिउँसोदेखि मृतकका आफन्तले सदरमुकाम खलंगाका सडकमा टायर बाल्नेदेखि नाराबाजी गर्ने र सबै व्यवसाय ठप्प पारेका छन् ।

आन्दोलनका कारण आइतबार बिहानैदेखि सवारीसाधन ठप्प छ । जसका कारण लामो तथा छोटो दूरीका यात्रुहरु अलपत्र परेका छन् । सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेमबहादुर महतको मृत्यु भएपछि जुम्लामा तनाव सुरु भएको हो ।

मृतकका आफन्तले सडकमा टायर बाल्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन् । शनिबार उनीहरुले बजारभरी नाराबाजी गरेका थिए ।

मृतकका आफन्त राजबहादुर महतले मोटरसाइकलले ठक्कर दिने व्यक्तिलाई कानुनी कारबाही र आफन्तलाई क्षतिपुर्तिको व्यवस्था नहुँदासम्म आन्दोलन नरोकिने बताए । उनले भने, ‘मृतकको परिवारले क्षतिपूर्ति पाउनुपर्छ । दोषीले कानुनी कारबाही पाउनुपर्छ, अनिमात्र आन्दोलन रोकिनेवाला छ । नत्र अनिश्चितकालीन बन्द जारी नै रहनेछ ।’

बिहानैदेखि आक्रोशित युवाहरु सडकमा उत्रिएका छन् । बजार नखोल्न माइकिङ गरिरहेका छन् । मृतकका आफन्तले दिएका जाहेरीवाला पक्रेर वार्ता नहुँदासम्म आन्दोलन नरोकिने चेतावनी आफन्तहरुले दिएका छन् ।

सरकारी मोटरसाइकल तिला गाउँपालिकाका प्राविधिक जीतबहादुर सिंहले बुझिलिएको पाइएको छ । तर उनी अहिले सम्पर्कमा छैनन् । मोटरसाइकल चलाउने व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सरकारी मोटरसाइकल भएकोले पालिकाले पनि जिम्मेवारी लिनुपर्ने माग मृतकका आफन्तको छ । दुर्घटनाका विषयमा छलफल अगाडि नबढ्दा अस्पतालमा शव अलपत्र अवस्थामा छ । स्थानीय प्रहरी प्रशासनले मोटरसाइकलको जिम्मेवारी लिएका व्यक्तिलाई नियन्त्रणमा नलिए शव जिल्ला प्रहरी कार्यालयमा ल्याएर छोड्नेसमेत चेतावनी दिएका छन् ।

महतले भने, ‘हामी जतिसक्दो चाँडो सहमति होस भन्ने चाहन्छौं । तर यहाँ न पालिकाले जिम्मेवारी लिन्छ, नत मोटरसाइकल प्रयोग गर्ने कर्मचारी नै सम्पर्कमा आइरहेका छन् । जसले झन शंका उत्पन्न भएको छ ।’

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले ११ बजे वार्ताको लागि तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाइएको बताए । जाहेरीवालाई उपस्थित गराउन भनिएको छ । कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीलाई घटनाको समाधानका लागि पहल गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनले जाहेरीवालाको खोजीका प्रहरी परिचालन भए पनि नभेटाएको बताए । ‘शंका लागेको स्थानमा प्रहरी पठाएका थियौं,’ उनले भने, ‘तर नभेटाएर फर्कियो ।’

घटनाको समाधान गरेर बजार खुलाउने वातावरण बनाउन व्यवसायीले सरोकारवालालाई आग्रह गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्ला । जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरप...

#मोटरसाइकल #ठक्कर
Compare →
Nagarik News
1d ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।

#मोटरसाइकल #ठक्कर
Compare →
Onlinekhabar
1d ago
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला …

#मोटरसाइकल #ठक्कर
Compare →
Bizshala
1d ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#मोटरसाइकल
Compare →

Related Stories

National (Nepal)
Build #2612