Trending
Prev Story
Next Story

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला …

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

तर, चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
37m ago
मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

#मोटरसाइकल #ठक्कर #जुम्ला
Compare →
Hamro Patro News
4d ago
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम, ३० कात्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठ...

#मोटरसाइकल #ठक्कर #मृत्यु
Compare →
Nagarik News
1h ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।

#मोटरसाइकल #ठक्कर
Compare →
Bizshala
3h ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#मोटरसाइकल
Compare →
Arthasansar
4d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →

Related Stories

Politics & Governance
Build #2612