Trending
Prev Story
Next Story

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

Bizshala •
November 20, 2026 • 01:04 PM
3
3 reads 0 reactions

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्।

नेपाली बजारमा प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। उद्घाटनका अवसरमा बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो।

नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल र विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध हुनेछन्। शोरुममा टीभीएस अपाचे आरटीआर २०० फोरभी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० फोरभी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटरलगायतका मोडल उपलब्ध गराइएको छ।

त्यस्तै, प्रिमियम बाइकका लागि आधिकारिक गियर, एक्सेसरिज तथा कस्टमाइज गरिएका हेल्मेटसमेत शोरुममा उपलब्ध हुनेछन्।

बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

शोरुम उद्घाटनकै अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाढीप्रभावित क्षेत्रका विभिन्न संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

उक्त सहयोगबाट नुवाकोट र रसुवाका प्रहरी कार्यालय, स्थानीय तह, अस्पताल तथा सामुदायिक विद्यालय लाभान्वित भएका छन्।

सहयोग प्राप्त गर्ने संस्थाहरूमा जिल्ला प्रहरी कार्यालय नुवाकोट, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुरका सरकारी विद्यालय, जिल्ला प्रहरी कार्यालय रसुवा, आमाछोदिङ्मो गाउँपालिका तथा उत्तरगया गाउँपालिकालगायत रहेका छन्।

त्यस्तै, आमाछोदिङ्मो र उत्तरगया क्षेत्रका सरकारी विद्यालय तथा अस्पताललाई समेत सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त सहयोगले बाढीप्रभावित क्षेत्रमा सार्वजनिक सेवा प्रवाह, आवागमन तथा पुनःस्थापना प्रयासलाई सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा डिजाइन गरेको कस्टमाइज्ड हेल्मेटसमेत सार्वजनिक गरिएको थियो।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्त्वपूर्ण बजार रहेको बताए।

उनले नयाँ प्रिमियम तथा ईभी शोरुम सञ्चालनले नेपाली बजारमा कम्पनीको दीर्घकालीन लगानी र ग्राहकका बदलिँदा आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरे।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो सहकार्यले नेपालमा ब्रान्डको उपस्थिति विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनका अनुसार नयाँ शोरुमले ग्राहकलाई आधुनिक सवारीसाधन, प्रिमियम उत्पादन तथा थप सुविधासहितको सेवा उपलब्ध गराउनेछ।

९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनीले नेपालमा जगदम्बा मोटर्ससँगको साझेदारीमार्फत आफ्नो बिक्री सञ्जाल, ग्राहक सेवा तथा विद्युतीय सवारीसाधनको बजार विस्तारलाई निरन्तरता दिने जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

४ मंसिर, काठमाडौं । चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर …

#मोटरसाइकल
Compare →
Ekantipur
5h ago
मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो ।

#मोटरसाइकल
Compare →
Nagarik News
10h ago
धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

#काठमाडौं
Compare →
Hamro Patro News
1d ago
काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनाम...

#काठमाडौं
Compare →

Related Stories

Science & Climate
Build #2612