Trending
Prev Story
Next Story

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

Ekantipur •
November 22, 2026 • 04:03 AM
3
3 reads 0 reactions

मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए ।

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए ।

गुल्मी — गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश गरिएको छ । शुभसाइत अनुसार आइतबार बिहान विधि अनुसार गृह प्रवेश गरिएको हो ।

मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए । उनले प्रशासनिक, ओपिडी हुँदै इमरजेन्सी लगायतका सेवा चरणबद्ध तरिकाले नयाँ भवनमा सारिने उनले बताए ।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नयाँ सेवनबाट सेवा प्रारम्भ भएपछि सहजता हुने बताए । उनले निर्माणमा ढिलासुस्ती र ठेक्का तोड्ने लगायतका समस्या हुँदै गृह प्रवेशसम्म आइपुगेको बताए ।

दुई वर्षमा निर्माण सक्नेगरी स्वच्छन्द/बानिया जे.भी. मकवानपुरले ५० शय्याको भूकम्प प्रतिरोधी पाँच तलाको गुल्मी अस्पताल भवन लिफ्टहितको अपाङ्गमैत्री भवन २०७८ असार १८ गते स्वच्छन्द/बानिया जे.भी. मकवानपुरले भ्याट बाहेक कुल २५ करोड ९४ लाख रुपैयाँमा २०८० असार १७ गते सक्ने गरी सम्झौता भएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट निर्माण कार्यान्वयन भइरहेको यो भवन निर्माण कम्पनीले पहिलो पटक ६ महिना, दोस्रो पटक १ वर्ष र ६ महिना म्याद नथपिकन काम, तेस्रो पटक ६ महिना र चौथो पटक म्याद थप गरी काम भइरहेको छ । काम अहिले बाहिरी मात्रै बाँकी रहेको छ । भवनभित्रको काम सकिएको छ ।

गृह प्रवेशमा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पटकपटकको ताकेतापछि निर्माण सकिने र गृह प्रवेशको अवस्था आएको बताए । 'नागरिकलाई छिटो, सहज, सुलभ र विश्वासिलो सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो', उनले भने, 'अब लगत्तै गुल्मी अस्पतालमा नयाँ भवनबाट सेवा प्रारम्भ भएपछि सहजता आउनेछ ।'

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मी अस्पतालको अत्याधुनिक भवनबाट सेवा प्रारम्भ भएपछि बिरामीका लागि सहजता हुने बताए । उनले स्वास्थ्य क्षेत्रको यो पूर्वाधारले सेवा लिन र दिनका लागि सुधार आउने विश्वास व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर ...

#गुल्मी #अस्पताल #भवन
Compare →
Nagarik News
14h ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#अस्पताल #भवन
Compare →
Onlinekhabar
1d ago
अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ। जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको …

#भवन
Compare →
Bizshala
1d ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612