Trending
Prev Story
Next Story

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ। जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको …

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ।

जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो। समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको लेबर सरकारले अवलम्बन गरेको जलवायु नीतिलाई बकवास भन्दै व्यंग्यात्मक विरोध जनाएको थियो।

राइजिङ टाइडले क्यानबेरास्थित संघीय संसद् भवनका साथै विभिन्न सहरमा रहेका संघीय लेबर पार्टीका सांसदका कार्यालयअगाडि समेत गोबर फालेर प्रदर्शन गरेको थियो।

राइजिङ टाइडका जेम्स स्मिथले अनलाइनखबरसँगको कुराकानीमा सांसद पिटर खलिल, मेडेलिन किङ र रेनी कोफीका कार्यालयअगाडि समेत गोबर फालिएको जानकारी दिए।

समूहका अनुसार मेलबर्नमा सांसद पिटर खलिल, पर्थमा संघीय स्रोतसाधनमन्त्री मेडेलिन किङ र ब्रिस्बेनमा सांसद रेनी कोफीका कार्यालयअगाडि प्रदर्शन गरिएको थियो।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) टर्कीको अन्ताल्यामा सम्पन्न हुने दिन पारेर प्रदर्शन गरिएको हो। सम्मेलनमा अस्ट्रेलियाले वार्ताको अध्यक्षता गर्ने जिम्मेवारी पाएको थियो।

प्रदर्शनपछि आन्दोलनकारीहरूले आफूहरूले फैलाएको गोबर हटाएका थिए। राइजिङ टाइडका अनुसार हटाइएको गोबर स्थानीय सामुदायिक तथा सार्वजनिक बगैँचामा प्रयोगका लागि दिइएको थियो।

घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाइएको छ।

राइजिङ टाइडले अस्ट्रेलिया सरकारले जलवायु परिवर्तन नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने र नयाँ कोइला तथा ग्यास परियोजनालाई स्वीकृति दिन रोक्नुपर्ने माग गर्दै विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन

अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई र घोडाको गोबर फालेका छन् । जलवायु अभियानमा सक्रिय राइज...

#जलवायु #संसद् #गोबर
Compare →
Nagarik News
3h ago
सांसदले प्रेमिकालाई औँठी लगाइदिए, संसद्‌भित्रै चुम्बन गर्दा गुञ्जियो सदन!

सांसदले प्रेमिकालाई औँठी लगाइदिए, संसद्‌भित्रै चुम्बन गर्दा गुञ्जियो सदन!

उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि उनले संसदीय अभिलेखमा नतालीले ‘हुन्छ’ भनेको उल्लेख गर्न आग्रह गरे।

#संसद् #सांसद
Compare →
Ekantipur
3d ago
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

#जलवायु #अस्ट्रेलिया
Compare →

Related Stories

Politics & Governance
Build #2612