Trending
Prev Story
Next Story

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

Ekantipur •
November 18, 2026 • 04:02 AM
3
3 reads 0 reactions

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

क्यानबेरा — जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ ।

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको क्लाइमेट रिस्क इन्डेक्स प्रतिवेदनअनुसार विश्वभर गर्मीको लहर (हिटवेभ) चरम मौसमी घटनाबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । तर आर्थिक क्षतिको हिसाबले भने आँधीबेहरी सबैभन्दा प्रभावकारी विपद्का रूपमा देखिएको छ ।

यो प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ अवस्था विकसित भइरहेको चेतावनी दिएको थियो । यसले अस्ट्रेलियामा तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय विपद् तथ्यांक प्रणाली, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको प्रतिवेदनले सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएको उल्लेख गरेको छ ।

ती घटनाका कारण करिब ३५ हजार मानिसको मृत्यु भएको, १० करोडभन्दा बढी मानिस प्रभावित भएको र प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । यो रकम अस्ट्रेलियन डलरमा करिब २३५ अर्ब बराबर हुन्छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा गर्मीको लहरका कारण मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो। यो वर्षभरि चरम मौसमी घटनाबाट भएको कुल मृत्युको झन्डै ७० प्रतिशत हो। सन् १९९६ यताका तथ्यांकमा गर्मीका कारण हुने मृत्युको हिस्सा करिब ४० प्रतिशत रहेको थियो ।

प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा अझ बढी हुन सक्छ । विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका सबै मृत्यु अभिलेखमा नसमेटिएको र युरोपमा हालैका वर्षहरूमा देखिएका अत्यधिक गर्मीका प्रभावले वास्तविक संख्या अझ उच्च हुन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव अब केवल वातावरणीय विषयमा सीमित नरही जनस्वास्थ्य, जनजीवन, अर्थतन्त्र र विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको यस प्रतिवेदनले देखाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।

#जलवायु #प्रतिवेदन
Compare →
Hamro Patro News
11h ago
जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौध...

#जलवायु #परिवर्तन
Compare →
Onlinekhabar
20h ago
अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

टर्कीको अन्टाल्यामा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको ३१औँ पक्ष राष्ट्रहरूको सम्मेलन (कोप ३१) चलिरहँदा नेपालको संघीय सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूको बाक्लो उपस्थिति देखिएको छ । अर्थमन्त्री, परराष्ट्रमन्त्री, वन तथा वातावरणमन्त्रीलगायतको टोलीले हिमाली पारिस्थितिकीय प्रणालीको …

#जलवायु #स्थान
Compare →
Bizshala
1h ago
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका...

#स्थान
Compare →

Related Stories

Science & Climate
Build #2612