Trending
Prev Story
Next Story

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

Nagarik News •
November 17, 2026 • 03:54 AM
3
3 reads 0 reactions

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक विपद् तथा त्यसले पूर्वाधार र अर्थतन्त्रमा पुर्‍याइरहेको क्षति न्यूनीकरणका लागि दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य र साझा कार्ययोजना आवश्यक रहेको निष्कर्षसहितको प्रतिवेदन कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसमक्ष हस्तान्तरण गरिएको छ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को सन्दर्भमा टर्कीको अन्टाल्यामा साउथ एसिया पार्लियामेन्टरी फोरमद्वारा आयोजित कार्यक्रममा भएका छलफल र निष्कर्षका आधारमा प्रतिवेदन तयार गरिएको हो।

प्रतिवेदनमा जलवायुजन्य विपद् न्यूनीकरण, सुरक्षित तथा उत्थानशील पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा रूपान्तरण, जलवायु वित्तमा सहज पहुँच र जोखिममा रहेका समुदायको संरक्षणलाई प्राथमिकता दिइएको छ।

दक्षिण एसियाली सहकार्यका लागि चार बुँदे कार्ययोजना प्रस्ताव

बैठकबाट तयार गरिएको साझा कार्ययोजनालाई अनुमोदन गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय र पैरवी गर्ने।

जलवायु परिवर्तन सम्बन्धी सफल अभ्यास आदानप्रदान, नमुना परियोजना सञ्चालन तथा वित्तीय अवसरहरूको पहिचानका लागि दक्षिण एसियाली सांसदहरूबीच नियमित संवाद र छलफललाई निरन्तरता दिने।

३. सरकारलाई नीतिगत पहलका लागि प्रेरित गर्ने

विद्यमान क्षेत्रीय मञ्चहरूमार्फत जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जा रूपान्तरणका विषयमा दक्षिण एसियाली सहकार्यलाई पुनर्जीवित गर्न आ–आफ्ना सरकारसँग आवश्यक नीतिगत पहल गर्ने।

४. जोखिममा रहेका समुदायको आवाज बुलन्द गर्ने

हिमाली क्षेत्रका बासिन्दा, किसान, महिला तथा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित र जोखिममा रहेका समुदायका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु निर्णय प्रक्रियामा प्राथमिकताका साथ उठाउने।

प्रतिवेदन हस्तान्तरणका क्रममा कृषि विकास समिति सभापति अशोककुमार चौधरीले प्रतिवेदनका विषयमा समितिमा समेत गहन अध्ययन र छलफल गरी आवश्यक पहलका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, मन्त्री चौधरीले पनि प्रतिवेदन अध्ययन गरी यसमा समेटिएका सुझाव र कार्ययोजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाए।

जलवायु संकट दक्षिण एसियाकै साझा चुनौती भएकाले क्षेत्रीय सहकार्य, संसदीय संवाद र सरकारबीचको नीतिगत समन्वयमार्फत यसको प्रभावकारी सामना गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले अघि सारेको छ।

प्रकाशित: १ मंसिर २०८३ ०९:३९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
17h ago
हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको …

#जलवायु #चौधरी
Compare →
Hamro Patro News
2d ago
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुर्ख्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सश...

#जलवायु #चौधरी
Compare →
Ekantipur
2h ago
नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदायहरू जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट विशेष रूपमा प्रभावित भइरहेको अवस्थालाई स्वीकार गर्दै ‘प्रेसिडेन्सी–लेड पार्टी–ड्रिभन कभर डिसिजन’ शीर्षकको मस्यौदामा समावेश गरिएको हो ।

#जलवायु
Compare →

Related Stories

Politics & Governance
Build #2612