Trending
Prev Story
Next Story

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

Nagarik News •
November 21, 2026 • 05:09 AM
3
3 reads 0 reactions

गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन्। उनले सरकारमा आएदेखि नै राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने हो भन्ने स्पष्ट पार्दै आएको बताए।

उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन्।

'यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,' उनले भनेका छन्।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनको चेतावनी छ।

'हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,' गृहमन्त्री गुरुङले भनेका छन्।

प्रकाशित: ५ मंसिर २०८३ १०:५४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौ...

#गृहमन्त्री #गुरुङ
Compare →
Onlinekhabar
1w ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गृहमन्त्री #गुरुङ
Compare →
Ekantipur
23h ago
मधेशको ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्दै जसपा

मधेशको ठूलो दलको हैसियतले मुख्यमन्त्री दाबी गर्दै जसपा

तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।

#दलको
Compare →

Related Stories

Politics & Governance
Build #2612