Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : पूर्वप्रधानमन्त्री र दलहरूसँग परामर्श गर्ने परम्परा तोडियो, राष्ट्रपतिलाई पनि जानकारी छैन

Ekantipur •
November 21, 2026 • 11:02 AM
1
1 reads 0 reactions

भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा आलोचना भइरहेको छ । भ्रमणबारे सरकारका तर्फबाट राष्ट्रपतिलाई अहिलेसम्म औपचारिक जानकारीसमेत गराइएको छैन ।

प्रधानमन्त्रीको भारत भ्रमण : पूर्वप्रधानमन्त्री र दलहरूसँग परामर्श गर्ने परम्परा तोडियो, राष्ट्रपतिलाई पनि जानकारी छैन

भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा आलोचना भइरहेको छ । भ्रमणबारे सरकारका तर्फबाट राष्ट्रपतिलाई अहिलेसम्म औपचारिक जानकारीसमेत गराइएको छैन ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारदेखि हुने भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने परम्परा तोडेका छन् । भारतसँगको सम्बन्धमा उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दाबारे उनीहरूसँग सुझावसमेत नमागिएको भन्दै राजनीतिक वृत्तमा यसको आलोचना भइरहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउदले विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र राजनीतिक दलहरूसँग परामर्श गर्ने अभ्यास रहेको बताए । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन, विगतका सरकारका अनुभव र सहमति बुझ्न तथा विदेश भ्रमणमा सम्बन्धित मुलुकसँग आत्मविश्वासका साथ कुरा राख्न सहज होस् भनेर छलफल हुने गरेको उनको भनाइ छ । राष्ट्रिय सहमतिका साथ विदेश भ्रमणमा जाँदा सरकारको आत्मबल बढ्ने र विगतमा भएका सहमति तथा प्रतिबद्धताको निरन्तरता कायम गर्न सहयोग पुग्ने उनले बताए ।

‘पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुको एउटा महत्त्वपूर्ण उद्देश्य राष्ट्रिय मुद्दामा सबै दलको साझा धारणा निर्माण गर्नु हो । अर्को, विगतमा भएका वार्ता, सहमति र प्रतिबद्धताबारे अनुभव आदानप्रदान गर्नु हो,’ साउदले कान्तिपुरसँग भने, ‘उहाँहरूको अनुभव र स्मृतिले विगतमा के–के सहमति भएका थिए, कुन विषय कहाँ पुगेका थिए र अब के गर्नुपर्नेछ भन्नेबारे सरकारलाई अद्यावधिक गर्न सहयोग पुग्छ ।’

साउद परराष्ट्रमन्त्री रहेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ०८० जेठको भारत भ्रमणअघि पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग परामर्श गरिएको थियो । त्यसपछि पूर्वप्रधानमन्त्रीहरूसँग पनि छलफल भएको थियो । उक्त छलफलमा सीमा समस्या, ईपीजी प्रतिवेदन, पञ्चेश्वर आयोजना, हवाई रुट, व्यापार र पारवहनलगायत विषयमा भारतसँग उठाउनुपर्ने मुद्दाबारे सुझाव लिइएको थियो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको २०८२ भदौमा चीन भ्रमणमा जानुअघि पनि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गरिएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने अभ्यास पनि यसपटक देखिएको छैन । शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन । विगतमा प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने र फर्किएपछि भ्रमणका विषयमा अवगत गराउने अभ्यास रहँदै आएको थियो ।

राष्ट्रपतिलाई भ्रमणको जानकारी गराउने विषय संवैधानिक संस्थाबीचको सम्बन्ध र नियमित अभ्याससँग जोडिने साउदको भनाइ छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत प्रस्थान गर्दै छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

ललितपु- नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्रीको भारत भ्रम...

#भारत #हित #प्रधानमन्त्रीको
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →
Arthasansar
4h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#भारत #भ्रमण
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612