Trending
Prev Story
Next Story

गोरखामा चोरीका घटना बढे, सुरक्षा व्यवस्थापनमा प्रश्न

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, गोरखा । फितलो सुरक्षा व्यवस्थापन र प्रभावकारी निगरानी अभावका कारण जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । शुक्रबार एकै दिन पाँच वटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्वयंले जनाएको छ …

गोरखामा चोरीका घटना बढे, सुरक्षा व्यवस्थापनमा प्रश्न

५ मंसिर, गोरखा । फितलो सुरक्षा व्यवस्थापन र प्रभावकारी निगरानी अभावका कारण जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । शुक्रबार एकै दिन पाँच वटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्वयंले जनाएको छ ।

गोरखा नगरपालिका–२ शिखरस्थित शान्ति श्रेष्ठको घरबाट एक लाख नगदसहित दुई तोला सुन चोरी भएको जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काले बताए ।

यस्तै पालुङटार नगरपालिका–१ खोप्लाङस्थित इश्वर नेपालीको घरबाट ७० हजार नगदसहित सुनको गहना (एक थान छड्के तिलहरी र औठी) चोरी भएको उनले जानकारी दिए ।

उनका अनुसार पानपा वडा नम्वर ४ भिमबहादुर घिमिरेको घरबाट नगद ३३ हजारसहित सुनको तिलहरी चोरी भएको छ । सोही स्थानकी अञ्जना घिमिरेको घरबाट ३२ हजार नगदसहित मंगलसुत्र चोरी भएको छ भने वडा नम्वर ६ की सरस्वती थापाको घरबाट तीन हजार नगदसहित केही गहना चोरी भएका छन् ।

घरमा कोही नभएको मौका छोपी दिनदहाडै ताल्चा फुटाएर चोरी भएको पीडितले बताएका छन् । यता भीमसेन थापा गाउँपालिका–२ ओख्लेस्थित दिपक पाण्डेको घरमा पनि चोरीको प्रयास भएको थियो । ढोकामा लगाएको ताल्चा फुटाएपनि सामान भने चोरी नभएको बताइएको छ ।

कात्तिक ३ गते भीमसेन थापा गाउँपालिका–५ बगुवाका होमबहादुर दानकोटीको घर चोरी भएको थियो । घरको ताल्चा फुटाएर ५० हजार नगदसहित सुनको तिलहरी चोरी भएको बताइएको छ ।

यस्तै कात्तिक २७ गते बारपाक सुलिकोट गाउँपालिका–६ का श्यामप्रसाद भट्टको घरबाट सात हजार नगदसहित ६ बट्टा पाइलट चुरोट चोरी भएको थियो । कात्तिक १ गते गोरखा नगरपालिका ६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयमा चोरी भएको थियो ।

यी दुई घटनामा संलग्नहरुलाई भने प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । तर अन्य चोरीका घटनामा भने प्रहरी असफल देखिएको छ ।

दिनदहाडै सदरमुकाम आसपास चोरी घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौती थपिएको छ । सर्वसाधारणका घर र पसल असुरक्षित बनेको भन्दै स्थानीय त्रसित छन् । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पीडितहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । ‘हामीले प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटाएका छौ,’ एसपी खड्काले भने, ‘सिभिलमा पनि टोली परिचालन भएका छन् ।’

पछिल्लो समय जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन कमजोर बन्दैगएको छ । चोरीका घटनासँगै जिल्ला जुवातासको अखडा समेत बन्ने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
26m ago
गोरखामा एकै दिन ६ ठाउँमा चोरी

गोरखामा एकै दिन ६ ठाउँमा चोरी

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ ।

#चोरी #गोरखा #घरबाट
Compare →
Bizshala
1d ago
जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

काठमाण्डौ । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले युरोपेली सवारीसाधन...

#सुरक्षा
Compare →
Hamro Patro News
1d ago
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । बर्लिन...

#सुरक्षा
Compare →
Nagarik News
2d ago
चोरीका गरगहना र नगदसहित पक्राउ

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

#चोरी
Compare →

Related Stories

Technology
Build #2612