Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्थापनको चुनौती, २ हजार सुरक्षाकर्मी परिचालन हुने

Ekantipur •
November 20, 2026 • 06:32 AM
3
3 reads 0 reactions

खेलाडी तथा अफिसियलको आवास र आवागमन, खेलमैदानभित्रको सुरक्षा, उद्घाटन तथा समापन समारोह र दर्शक व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ ।

दसौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्थापनको चुनौती, २ हजार सुरक्षाकर्मी परिचालन हुने

खेलाडी तथा अफिसियलको आवास र आवागमन, खेलमैदानभित्रको सुरक्षा, उद्घाटन तथा समापन समारोह र दर्शक व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ ।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि करिब २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । खेलाडी, अफिसियल, विशिष्ट पाहुना र दर्शकको सुरक्षा तथा भिड व्यवस्थापनलाई चुनौतीका रूपमा पहिचान गर्दै संयुक्त सुरक्षा योजना तयार पारिएको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको सुरक्षा समन्वयसम्बन्धी बैठकमा प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले सुरक्षा तयारीबारे जानकारी गराउँदै प्रतियोगिता अवधिभर करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिने बताए । बैठकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, मुख्यमत्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रमेश केसी, सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलगायत सम्बन्धित समितिका पदाधिकारी सहभागी थिए।

प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको आवास र आवागमन, खेलमैदानभित्रको सुरक्षा, उद्घाटन तथा समापन समारोह र दर्शक व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ। उद्घाटन कार्यक्रम साँझ र रातिको समयमा हुने भएकाले सुरक्षा व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्ने बैठकमा औंल्याइएको थियो।

रंगशालाको दर्शक क्षमता सीमित रहेकाले खेल हेर्न नपाउने दर्शकबाट असन्तुष्टि उत्पन्न हुन सक्ने जोखिम पनि छ। उद्घाटन तथा समापन समारोहमा सीमित व्यक्तिलाई मात्रै प्रवेश पास उपलब्ध गराउँदा बाहिर जम्मा हुने भिड नियन्त्रण गर्नुपर्ने चुनौती रहेको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बताए । रंगशालाको पूर्वतर्फ बस्ती, दक्षिणपूर्वमा विश्वविद्यालय, दक्षिणमा शिक्षा क्याम्पस, दक्षिणपश्चिममा बसपार्क र पश्चिममा विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेकाले आसपासका क्षेत्रको सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो। त्यस्तै, विभिन्न जिल्लाका खेलमैदानमा प्रतियोगिता सञ्चालन, खेलाडी तथा समर्थकबीच हारजितलाई लिएर हुन सक्ने विवाद, सट्टेबाजी, ट्राफिक तथा पार्किङ व्यवस्थापन र महिला तथा किशोरीमाथि हुन सक्ने दुर्व्यवहारलाई पनि सुरक्षा चुनौतीका रूपमा लिइएको छ।

प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गर्ने तयारी गरिएको सापकोटाले बताए । खेलमैदानभित्र हुन सक्ने विवाद तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न छुट्टाछुट्टै सुरक्षा टोली परिचालन गरिनेछ। विशिष्ट पाहुनाको सुरक्षा, एस्कर्टिङ, होटल गार्ड तथा खेलाडी बस्ने आवासस्थलको सुरक्षाका लागि पनि छुट्टै प्रबन्ध गरिने उनले जानकारी दिए। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत योजनालाई अन्य सुरक्षा निकायका योजनासँग एकीकृत गरी संयुक्त सुरक्षा योजना कार्यान्वयन गरिनेछ। कर्णाली प्रदेशमा उपलब्ध सुरक्षा जनशक्तिको करिब ७० प्रतिशत परिचालन गर्ने र आवश्यकताअनुसार सुरक्षाकर्मीलाई रिजर्भमा समेत राख्ने तयारी गरिएको छ।

बैठकमा मुख्यमन्त्री शाहीले सुरक्षा निकायबीच कमान्ड र नियन्त्रण प्रणाली स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए। सुरक्षा कार्ययोजनामा प्रत्येक निकायको भूमिका, जिम्मेवारी र जवाफदेहिता स्पष्ट तोक्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, रंगशालाको १० हजार दर्शक क्षमताअनुसार मात्रै प्रवेश पास वितरण गर्न, प्रवेश र निकासलाई व्यवस्थित बनाउन तथा रंगशालाबाहिरका विभिन्न स्थानमा उद्घाटन र समापन समारोहको दृश्य प्रदर्शन गर्ने व्यवस्था मिलाउन उनले सुझाव दिएका थिए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।

#सुरक्षा #परिचालन
Compare →
Hamro Patro News
1h ago
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । बर्लिन...

#सुरक्षा
Compare →
Onlinekhabar
19h ago
प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले …

#सुरक्षा
Compare →
Bizshala
22h ago
काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौ । रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बजार तथा व्यावसायिक...

#सुरक्षा
Compare →

Related Stories

Sports
Build #2612