Trending
Prev Story
Next Story

गोरखामा एकै दिन ६ ठाउँमा चोरी

Ekantipur •
November 21, 2026 • 02:02 PM
2
2 reads 0 reactions

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ ।

गोरखामा एकै दिन ६ ठाउँमा चोरी

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ ।

गोरखा — गोरखामा एकै दिन ६ ठाउँमा चोरीका घटना भएका छन् । शुक्रबार घरमा कोही नभएको मौका छोपी नगद र सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ । सोही ठाउँकी अञ्जना घिमिरेको घरबाट २२ हजार रुपैयाँ नगद र खुत्रुके चोरी भएको छ । पालुङटार लामाटाका सरस्वती थापाको घरबाट ३ हजार रुपैयाँ नगद र नक्कली सुनको नौगेडी चोरी भएको भन्दै घरधनीले प्रहरीलाई जानकारी गराएका छन् ।

गोरखा रातमाटेका अनिता थापाको घरबाट एक थान सुनको औंठी र कानमा लगाउने एक जोर रिङ तथा शहीद लखनकी शान्ति श्रेष्ठको घरबाट एक तोलाको नौगेडी पोते र ४० हजार रुपैयाँ नगद चोरी भएको भन्दै प्रहरीलाई खबर गरिएको छ । पालुङटारका ईश्वर नेपालीको घरबाट पनि आधा तोलाको सुनको औंठी र ७० हजार रुपैयाँ नगद चोरी भएको उजुरी प्रहरीमा परेको छ ।

छवटै चोरीका घटना शुक्रबार दिउँसो भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काले बताए । ‘चोरी एकै व्यक्तिबाट भएको जस्तो देखिन्छ । छवटै घरमा मान्छे नभएको र ताल्चा लगाइएका घर फोडेर नगद तथा सुनका गरगहना चोरी भएको देखिन्छ,’ उनले भने, ‘घटनामा संलग्नको खोजी तीव्र पारेका छौं ।’ चोरीका घटना बढेपछि सुरक्षा गस्ती बढाएको र सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
गोरखामा चोरीका घटना बढे, सुरक्षा व्यवस्थापनमा प्रश्न

गोरखामा चोरीका घटना बढे, सुरक्षा व्यवस्थापनमा प्रश्न

५ मंसिर, गोरखा । फितलो सुरक्षा व्यवस्थापन र प्रभावकारी निगरानी अभावका कारण जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । शुक्रबार एकै दिन पाँच वटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्वयंले जनाएको छ …

#चोरी #घरबाट #गोरखा
Compare →
Hamro Patro News
1d ago
सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ

सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङमा वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–४ का ३० वर्षीय प्रेम दर्जी र...

#चोरी #सुन
Compare →
Nagarik News
2d ago
चोरीका गरगहना र नगदसहित पक्राउ

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

#चोरी
Compare →
Arthasansar
3d ago
सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर नै...

#सुन #एकै
Compare →

Related Stories

National (Nepal)
Build #2612